• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
छिमेक लघुवित्तद्वारा ग्राहकलाई तालिमसँगै विपन्न छोरीलाई छात्रबृत्ति 

मुरली गोडिया, ९ मंसिर, बर्दिया । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गरिब विपन्न छोरीलाई नगद छात्रबृत्ति वितरणसँगै ४२ जनालाई ग्राहकलाई तालिम प्रदान गरेको छ । बारबर्दिया स्थित मगरागाडीमा “व्यवसायिक गाई/भैंसीपालन तालिम” सम्पन्न गरेको मगरागाडी शाखा कार्यालयका शाखा प्रबन्धक सन्तोष नेपालीले जानकारी गराउनु भयो । 

तालिमको सन्तोषी घिमिरेले प्रशिक्षण दिनु भएको छ । एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नत तिर अगाडि बढेको समेत संस्थाका शाखा प्रमुख नेपालीले प्रष्ट्याउनु भयो । तालिममा सहभागीहरुलाई स्वागतगर्दै तालिमको उद्देश्यका बारेमा शाखा कार्यालयका प्रमुख नेपालीले प्रकाश पार्नु भएको छ । नेपालमा पशुपालनको ऐतिहासिक महत्व, नेपालमा हावापानी सुहाउदो बिभिन्न उन्नत (नश्ल) तथा लोकल (काठे) पशुहरुको पहिचान (फरक) गर्ने गरिका सिकाईएको छ । 

त्यस्तै परम्परागत तरिकाको पशुपालन तथा व्यवसायिक पशुपालनबाट हुने फाईदा, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, दुध उत्पादनमा गाई भैसिको योगदान, दुधालु गाई/भैसी छनौट गर्ने प्रक्रिया र यसको महत्व साथै खोप कार्यक्रमबारे उन्नत÷ गाई भैसीं पालन व्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरीका र यसको महत्व, गाई / भैसीपालन व्यवसायको बाजार व्यवस्थापनको बारेमा प्रशिक्षक सन्तोषी घिमिरेले जानकारी गराएका थिए । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ६९ वटा जिल्लाहरुको शाखा संञ्जाल रहेको छ । 

संस्थाले तालिम दिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आई रहेको छ । भैंसीपालन गरीरहेका र गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न ग्राहकहरुलाई तालिममा सहभागी गराईएको बताईएको छ । तालिमको अवसरमा उत्कृष्ट १० वटा ईकाईबाट बिपन्न सदस्यका छोरीलाई नगद छात्रबृत्ति रकम उपलब्ध गराइएको मगरागाडी शाखा प्रमुख नेपालीले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments