मातृकोण सहकारी संस्था लिमिटेड गुलरियाको आयब्यय ५ करोड बढी
संजय आचार्य, १५ मंसिर, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित मातृकोण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक गतबर्ष ५ करोड १५ ला ६ हजार १५२ रुपैया आयब्यय पारित गरिएको छ । संस्थाको १९ औं साधारण सभाको बन्दशत्रले आयब्यय उपर घनीभुत छलफलगर्दै आयब्यय पास गरेको हो ।
शनिवार सम्पन्न साधारण सभामा सचिव गुरुदत्त शर्माले संस्थाको सांगठनिक र कोषाध्यक्ष केशव रिजालले आर्थिक प्रतिवेदन शेयर सदस्य माझ प्रस्तुत गर्नुभएको थियो । गत बर्षको वित्तिय स्थिती विवरण अन्तर्गत पूँजी तथा दायित्वको लेखाजोखा चुस्त दुरुस्त राखेको रिजालले बताउनु भयो । कार्यक्रमकी प्रमुख अतिथी सहकारी संजाल गुलरियाकी संयोजक ईन्दिरा सुवेदीले सहकारी संस्था बलियो बनाउन सदस्यहरु चनाखो हुनुपर्ने बताउनु भएको छ । गुलरिया नगरकार्यपालिका सदस्य निर्मला मैनालीले बहुउद्देश्यीय नगरका सहकारीहरुलाई पालिकाले सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै संस्थाका पूर्ब अध्यक्ष शिव कुमार शर्माले पछिल्लो अवस्थामा सहकारी प्रती नागरीकहरुको विश्वास घट्दै गएको अवस्थामा मातृकोणले आफ्नो गरिमालाई बचाइ राख्न सफल भएको बताउनु भयो । आगामी दिनमा संस्थाले अझै प्रगतीगर्दै लैजाने उहाँको विस्वास छ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले सहकारी संस्थामा संचालकहरुको कामलाई शेयर सदस्यहरुले सधैं निगरानी गरिराख्नुपर्ने बताउँदै सहकारीको श्रीबृद्धिमा शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहने दोहोर्याउनु भयो ।
सहकारी संस्थामा कुल ३ सय ८४ जना सेयर सदस्य रहेको बताउँदै संस्थाका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले पछिल्लो अवस्थामा जिल्लामा केही सहकारीहरु भागेको हुँदा अन्य सहकारीलाई पनि असर परेको बताउनु भयो । सहकारीको मेरुदण्ड शेयर सदस्य रहने हुँदा सबैको साथ र सहयोगले संस्थाले आगामी दिनमा थप प्रगती गर्दैजाने विस्वास दिलाउनु भयो । कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधी, सेयर सदस्य, लगायतको सहभागीता थियो ।
कार्यक्रमको उद्घाटन शत्रमा सहकारीलाई सहयोग पुर्याउने सदस्यहरुलाई सम्मान गरिएको छ । सहकारीको नियमित बचतकर्ता पुरुषतर्फ शिवकुमार अधिकारी, महिलातर्फ सपना केसी, नियमित ऋण बुझाउने असल ऋणी चन्द्रकला तिमिल्सिना, एकमुष्ठ शेयर बचतकर्ता निलम रानामगर, समूह बचततर्फ सयपत्री महिला बचत समूह, पूर्व संचालक समिति मध्येबाट होतराज सिग्देल, पूरानो तथा नियमित बचत सदस्यतर्फ नारायण प्रसाद श्रेष्ठलाई नगद तथा प्रमाण पत्रसहित सम्मान गरिएको सहकारीका सचिव गुरुदत्त शर्माले जानकारी दिनुभयो ।
Facebook Comments