• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
बारबर्दियाका महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान  

चुरेकुञ्ज, २२ मंसिर, बर्दिया । बारबर्दिया नगरपालिकामा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस हजिरी प्रतितयोगीतासँगै उत्कृष्ट सेवा प्रदान गर्ने स्वयम सेविकाहरुलाई नगद सहित सम्मानगर्दै मनाईएको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा बारबर्दिया नगर अस्पतालमा नगरका ११ वटै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागितामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बारबर्दिया नगर पालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले महिला स्वास्थ्य स्वयम सेविकाहरुको कामको उच्च प्रशंसा गर्दै, सेवा सुविधाको बिषयमा आफुहरु चिन्तित रहेको बताउनु भएको छ । स्वयम सेविकाहरुको सल्लाह बमोजिम कोष स्थापना गरेको र उहाँहरुको अवकास भएको बेलामा केही आर्थिक सहयोग दिने ब्यबस्था गरेको समेत जानकारी गराउनु भयो । पालिकाले महिला स्वास्थ्य स्वयम सेविकाहरुको योजना र एकरुपताका साथ काम गर्न तयार रहेको बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहजता र सेवाको लागि पालिका सकारात्मक रहेको बताउनु भएको छ । दिवसको कार्यक्रमलाई अर्थपुर्ण बनाउन हाजिरी जवाफ प्रतियोगिताको कार्यक्रम गरेको र उहाँहरुले आफ्नो उत्कृष्ट क्षमता प्रस्तुत गरेको बताउनु भयो । १ देखि ११ सम्मकै सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकाले राम्रो गरेर पनि प्रथम, द्वितीय, तृतीय छुट्याउनु परेको बताउनु भएको छ । 
स्वास्थ्य स्वयम सेविकाहरुले आफ्नो मेहनत अनुसारको सरकारले सेवा सुविधा दिुनुपर्ने बताउनु भएको छ ।

मेहनत अनुसार पालिकाले मुल्याँकन गरीदिन स्वयं सेविकाहरुको माग छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा बारबर्दिया नगर पालिकाका नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्य, नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख लगाए सरोकारवालाहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

Facebook Comments