• १३ माघ २०८१, आइतवार
  • १४ °C काठमाडौं
आगलागी पीडित ब्यवसायीलाई उद्योग बाणिज्य संघ गुलरियाको सहयोग

चुरेकुञ्ज, २२ मंसिर, बर्दिया । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाले गुलरियाका आगलागी पीडित ब्यवशायीलाई सहयोग हस्तान्तरण गरेको छ । विहिवार संघको कार्यालयमा पीडितलाई १० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ६ अस्पताल रोडमा रहेको विधीप्रसाद लोनियाको मोटर रिपेयरिङ सेन्टरमा कार्तिक १५ गते दीपावलीका बेला आगलागी भई सामानहरु जलेर नष्ट भएको थियो । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे, वरिष्ठ उपाध्यक्ष ईन्द्रप्रसाद श्रेष्ठ, कोषाध्यक्ष केशव रिजालले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेको उद्योग बाणिज्य संघ गुलरिया बर्दियाका सचिव मोहित पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments