• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
ज्योति बहुउद्देश्यी सहकारीको अध्यक्षमा न्यौपाने सर्बसम्मत

दलबहादुर सुनार, २३ मंसिर, बढैयाताल (बर्दिया) । ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सितलाबजार बढैयातालको अध्यक्षमा उद्धव न्यौपाने सर्वसम्वत निर्वाचित हुनु भएको छ । सहकारी संस्थाको पाँचौ साधरण सभा तथा दोश्रो अधिवेशनबाट न्यौपानेसहित ९ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएका हुन् ।  

सितलता महिला नमुना आधरभुत बिद्यालय सितता बजारको प्रांगणमा भएको अधिवेशनले उपाध्यक्षमा तारा केसी, सचिब शुसिल बस्याल, कोषाध्यक्ष नारायण भुषाललाई सर्बसम्बत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शान्ती पौडेल, सृजना न्यौपाने, लक्ष्मण रेग्मी, दलबहादुर सुनार र बुद्धि बहादुर थापा सर्वसम्वत निर्वाचित भएको निर्वाचन समितिका संयोजक डम्बर बहादुर पौडेलले जानकारी दिनुभयो ।  सहकारी संथाका अध्यक्ष उद्धव न्यौपानेको अध्यक्षतामाम भएको पाँचौ साधारण सभाकी प्रमुख अतिथि एंव बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले सभालाई सम्बोधनगर्दै संस्थाले छोटो समयमा राम्रो प्रगति गरेकोमा प्रशंसागर्दै सहकारीको बृद्धि विकासका लागि सहकारी शिक्षा सम्बन्धी तालिम चलाउनु पर्ने आवस्यकता औल्याउनु भयो ।  

उपाध्यक्ष अधिकारीले एउटै वडामा समान उद्देश्य भएका सहकारीहरु जोड्नुुपर्ने धारणा राख्दै पालिकाले सहकारीको अनुगमन, नियमन र सहकारीको नीति तथा सिद्धान्त अनुसार सञ्चालन गर्नका लागि सहकारीको क्षमता बिकासमा बजेटको ब्यबस्था गर्नु पर्नेमा जोड दिनुभयो । संस्थाको पाँचौ साधारण सभामा ८ नं वडाका वडाध्यक्ष तेजनाथ पौडेल, कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुसुदन पौडेल, दिपलगन महिला उद्यमी सहकारी सस्थाकी अध्यक्ष पबित्रा अर्याल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

आर्थिक बर्ष ०८०÷८१ मा ३ करोड २५ लाख १ हजार ६ सय ३७ रुपैया ८० पैसाको कारोवारबाट १३ लाख ८८ हजार ९६ रुपैया ५८ रुपैया मुनाफा आर्जन गर्न सफल भएको संस्थाले जनाएको छ । संस्थाका सचिब शुसिल बस्यालले सांगठनिक, कोषाध्यक्ष दिपक दाहालले आर्थिक र लेखा संयोजक दिपक खनालले आर्थिक कारोबार सम्वन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको संस्थाका ब्यबस्थापक राम कुमार थारुले जानकारी दिनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments