बर्दियामा पहिलो पटक जिल्ला स्तरिय दोहोरी प्रतियोगीता गरिँदै
मुरली गोडिया, १० पुष, बर्दिया । बर्दियामा जिल्ला स्तरीय प्रथम दोहोरी खेल प्रतियोगीता हुने भएको छ । अग्रज श्रष्टालाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ प्रतियोगीता आयोजना हुन लागेको हो ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा पहिलो पटक जिल्ला स्तरीय प्रथम दोहोरी खेल प्रतियोगीता हुने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बर्दियाका अध्यक्ष गेमराज गिरीले बताउनु भयो । पुस १९ गते शुक्रवार जयदुर्गा भवानी क्लबको खेल मैदान तुलसीपुरमा प्रतियोगीता हुने बताइएको छ । गीरीका अनुसार प्रतियोगीतामा सहभागीता जनाउने प्रतियोगिहरुले पुस १५ गते सम्म टिम दर्ता गराउन सक्ने छन् । टिम दर्ता निशुल्क रहेको छ ।
प्रतिस्पर्धामा भाग लिने कलाकारले प्रत्येक टिममा महिला र पुरुष ३/३ जना हुनुपर्ने, यदी महिला र पुरुष १/१ जना लिड गर्ने कलाकार मात्र भएपनि आयोजकले थप सहयोगी कलाकार उपलव्ध गराउने अध्यक्ष गीरीले बताउनु भयो । उक्त खेल प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १० हजार रुपैयाका साथमा प्रमाण पत्र मेडल, द्वितिय हुने टिमलाई ७ हजार रुपैया, प्रमाण पत्र र मेडल तथा तेस्रो हुने टिमलाई नगद ३ हजार रुपैया, प्रमाण पत्र मेडल प्रदान गरिने अध्यक्ष गिरीको भनाई छ ।
Facebook Comments