• ७ फागुन २०८१, बुधवार
  • २० °C काठमाडौं
आँखा उपचार सेवामा योगदान पुर्याए बापत अधिकारीलाई यशस्कर सदस्यता 

हरि गुरुङ, २६ पुष, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ८ निवासी युवराज अधिकारीलाई यशस्कर सदस्यता प्रदान गरिएको छ । “हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी“ भन्ने मुल नारा सहित २९ औं नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको अधिवेशनले उहाँलाई सदस्यता प्रदान गरेको हो ।

नेपाल नेत्रज्योति संघको पुनित उद्देश्य प्राप्तिका लागी नेपाल नेत्रज्योति संघ बर्दिया आँखा अस्पताल मार्फत आँखा उपचार सेवा प्रवाहमा निःस्वार्थ सेवाभावबाट अभिप्रेरित भई पुर्याएको योगदानको उच्च कदरगर्दै अधिकारीलाई सदस्यता प्रदान गरिएको बताईएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सदस्यताको प्रमाणपत्र हस्तान्तरणगर्दै सम्मान गर्नुभएको छ । 

संघको विधानमा भएको ब्यवस्था बमोजिम यशस्कर सदस्यता प्रदान गरिएको बताईएको छ । नेपालमा अन्धोपन निवारण गर्ने अभियानमा अधिकारीले पुर्याएको उल्लेखनीय योगदानको संघले स्मरण समेत गरेको छ । अधिकारीलाई उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, नेत्रज्योति संघका अध्यक्ष प्राध्यापक डाक्टर चेतराज पन्त र महासचिव भरतबहादुर चन्दद्वारा हस्ताक्षरित यशस्कर सदस्य प्रमामा पत्र दिईएको छ । मधुवन निवासी अधिकारी नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

सम्बन्धित समाचार

Facebook Comments