• ७ फागुन २०८१, बुधवार
  • १७ °C काठमाडौं
बर्दियाको बाँसगढीमा प्रथम माघ महोत्सव शुरु

टिकाराम चौधरी, २७ पुष, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा प्रथम थारु कृषि, पर्यटन, साँस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव शुरु भएको छ । माघ महोत्सव पौष २७ गते देखि माघ ७ गते सम्म संचालन हुनेछ ।

थारु कल्याणकारिणी सभा बाँसगढीको मुख्य आयोजनामा बरघर संस्था र गुरुवा बैदावा ढकेरहवा सोरहिन्या समाज बाँसगढीको सहकार्यमा माघ महोत्सव हुन थालेको हो । “थारु साँस्कृतिक संरक्षण र प्रर्वद्धनः कृषि पर्यटन, लघु उद्यम विकास र समुन्नतीमा हामी सबैको अभियान” भन्ने नाराका साथ बर्दिया थारु डान्स आईडल प्रतियोगिता, थारु साँस्कृतिक नृत्य प्रतियोगिता संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 

मेलामा कृषि उत्पादनका बस्तुतहरुको प्रर्दशन, पर्यटकीय स्थलको प्रचारप्रसार तथा थारु सँस्कृतिको प्रर्बद्धन गर्ने कार्यक्रम छन् । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । यससँगै थारु समुदायको भाषा, कला संस्कृति, पहिरन, थारु परम्परागत खानाहरुको समेत स्टलसँगै रमाईलो मेलाहरु रहेको मेला प्रचारप्रसार समितिका संयोजक राज थारुले जानकारी गराउनु भएको छ । 

बाँसगढीमा प्रथम थारु साँस्कृतिक महोत्सव भैरहेकोले सम्पुर्ण बर्दियाबासीहरुलाई एक पटक अवलोकनका लागि अनुरोध गरिएको छ । मेलामा विद्यार्थी, जेष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुलाई ३० प्रतिशत छुटको ब्यबस्था गरेको आयोजकले जनाएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments