साना किसान कृषि सहकारी संघ बर्दियाको अध्यक्षमा अधिकारी र्निबिरोध
चुरेकुञ्ज, ४ माघ, बर्दिया । साना किसान कृषि सहकारी संघ लिमिटेड बर्दियाको अध्यक्षमा हरि बहादुर अधिकारी पुनः निर्बिरोध चयन हुनुभएको छ । संघको १५ औं बार्षिक साधारण सभा तथा छौठौं अधिवेशनले अधिकारी सहित ७ सदस्यीय कार्यसमिति तथा लेखा समिति र्निबिरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डम्मर केसी, सचिव सन्तोषी चौधरी, कोषाध्यक्षमा कमला अधिकारी चयन हुनु भएको साना किसान कृषि सहकारी संघका प्रवन्धक नविन क्षेत्रीले जानकारी दिनुभएको छ । त्यस्तै सदस्यहरुमा जगन्नाथ कँणेल, शोभाखर पाध्याय र राजु वडुवाल खत्री चयन हुनुभएको हो ।
लेखा समितिको संयोजक सुधा शर्मा, सदस्यहरु गण्डकी देवी पाण्डे र सीता कुमारी थापा चयन हुनु भएको छ । संघका केन्द्रिय उपाध्यक्ष पूर्ण शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अध्यक्ष अधिकारीले बार्षिक निति, कार्यक्रमको प्रतिवेदन प्रस्तुतगर्दै संघको विनियम प्रचलित कानून बमोजिम प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट स्विकृत गराई कार्यान्वय गरेको जानकारी दिनुभयो ।
विपदमा हामी सँगै कोष स्थापना गरिएको बताउनु भयो । संस्थामा आवस्यक पर्ने पल्र्स विश्लेषण तथा कोपोमिस तालिम, लेखा ब्यवस्थापन तालिम, कर तालिम, उद्घोषण तथा नेतृत्व विकास तालिम, संस्था सुदृढिकरण तथा ब्यवसायिक योजना तालिम, प्रस्ताव लेखन, क्रेडिट स्कोरिङ लगायत जोखिम ब्यवस्थापन तालिम आयोजना गर्ने बताईएको छ । कार्यक्रममा १७ लाख १ हजार ५९५ रुपैया आयब्यय प्रस्तुत गरिएको छ ।
Facebook Comments