• १३ असार २०८३, शनिवार
  • २७ °C काठमाडौं
भूतपूर्व सैनिक सहकारीको कारोवार झण्डै १ करोड

विन्दु चौधरी, बाँसगढी (बर्दिया) । एक करोड बराबरको बार्षिक करोवार अनुमोदनगर्दै भूतपूर्व सैनिक कृषि सहकारी सस्थाको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भुतपुर्व सैनिकहरु सदस्य हुन पाउने व्यवस्थासहित स्थापना गरिएको कृषि सहकारी संस्थाले भूतपूर्व सैनिकहरुलाई कृषि व्यवसायमा लाग्न प्रेरित गर्ने उद्देश्य राखेको छ । 


भूतपूर्व सैनिकको सेवा निवृत्त जीवन उद्यमशीलतामा व्यतित होस् भन्ने उद्देश्यले भूतपूर्व सैनिक कृषि सहकारीको स्थापना गरिएको संस्थाका अध्यक्ष धुव्र शाहले बताउनुभयो । बाँसगढी नगरपालिका वार्ड नम्बर ५ मा रहेको भु.पु सैनिक सहकारीले अघिल्लो आर्थिक वर्षमा ३३ हजार ८ सय नाफा गरेको थियो, भने गत आर्थिक वर्ष २०७९।८०मा १८ हजार ४ सय ५७ रुपैया नाफा आर्जन गरेको जनाएको छ । 


गत आर्थिक वर्षमा २२ लाख १९ हजार ७ सय शेयर पुँजी, कुल लगानी ९२ लाख १६ हजार ६ सय ८३ रुपैया र कुल बचत ६५ लाख ८ हजार ९३ रुपैया रहेको संस्थाका सचिव मिन बहादुर बोहोराले जानकारी दिनुभयो । सहकारी संस्थाका अध्यक्ष धु्रव शाहको अध्यक्षता, बाँसगढी नगरपालिका वार्ड नं ५ का वडाअध्यक्ष दहवा थारुको प्रमुख अथित्यतामा उद्घाटन शत्र गरिएको थियो । कार्यक्रम संचालन सचिव मिन बहादुर खड्काले गर्नुभयो भने स्वागत उपाध्यक्ष डम्वर बहादुर ओलीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments