राजापुरमा सीपसँगै क्षमता विकास तालिम शुभारम्भ
केशव कोईराला, १२ माघ, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाकोे आयोजनामा सीप तथा क्षमता बिकास एवं जीवन उपयोगि तालिम शुभारम्भ गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत स्किल ट्रेनिङ्ग एण्ड रिसर्च कन्सल्टेन्सि प्रा.लि. नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा शुक्रवारदेखि तालिम शुरु गरिएको छ ।
राजापुर नगरपालिका वडा नं. १० का अध्यक्ष शिवलाल थारुको अध्यक्षतामा आयोजित कार्यक्रमको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपप्रमुख मनकला कुमारी चौधरी, कर्मचारी, तालिम प्रदायक संस्था र रोजगारीमा संलग्न श्रमिकहरुको उपस्थिती थियो ।
तालिमले स्थानीय जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ । सीप विकास र रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको शुरुवात गरिएको रोजगार संयोजक रमेश कुमार पोख्रेलले जानकारी दिनुभयो ।
Facebook Comments