• ३ चैत २०८१, सोमवार
  • २३ °C काठमाडौं
आन्तरिक पर्यटक भित्र्याउन ठाकुरबाबा महोत्सवको अहम भूमिका : मन्त्री तिमिल्सिना

मुरली गोडिया, १५ माघ, बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ठाकुरबाबामा आयोजित महोत्सवले आन्तरिक पर्यटक भित्र्याउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ । “प्रथम ठाकुरबाबा उद्योग कृषि, पर्यटन प्रविधि, तथा सांस्कृतिक प्रादेशिक महोत्सव ०८१ को शुभारम्भगर्दै प्रमुख अतिथी तिमिल्सिनाले ठाकुरबाबा नगरपालिका आफै पनि पर्यटकीय क्षेत्र भएकोले महोत्सवले आन्तरिक पर्यटक भित्राउन थप टेवा पुग्ने बताउनु भयो । 

यहाँको धार्मिक तथा सांस्कृतिक कलासंगै मनमोहक प्राकृतिक सभ्यतालाई स्थानिय तथा राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले भुमिका खेल्ने उहाँको विश्वास छ । महोत्सवले आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आफूले अपेक्षा लिएको बताउनु भयो । समृद्ध ठाकुरबाबाको प्रमुख आधार, पर्यटन, कृषि, प्रबिधि, ब्यापार र पूर्वाधार भन्ने मूल नाराका साथ शुरु प्रादेशिक महोत्सव मार्फत घुम्न जाउँ बर्दिया अभियानको प्रर्बद्धनमा सहयोग पुग्ने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनु भएको छ । महोत्सवको उद्धघाटनमा क्रममा हात्ती सहितको विभिन्न झाँकी प्रर्दशन गरिएको थियो  ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा ठाकुरबाबा उद्योग बाणिज्य संघले आयोजना गरेको पहिलो प्रादेशिक महोत्सव माघ १४ गते देखी २४ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा कृषि तथा पर्यटन संगै प्रविधिजन्य उत्पादनका साथै स्थानीय स्तरमा उत्पादित वस्तु’ प्रमुख आकर्षणका रूपमा रहेको आयोजक ठाकुराबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गणेश कुँवरले बताउनु भयो । महोत्सवमा स्थानीय एवम् राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् । मंगलवार गायक अर्जुन कौशलको बेजोड प्रस्तुती रहनुका साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवमा स्थानीय एवम् राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् । 

सम्बन्धित समाचार

Facebook Comments