सरकारको गलत बितरणमुखी नितिका कारण अर्थतन्त्र धरासायी
विष्णु अधिकारी, २६ माघ, बर्दिया । सरकारले लिएको गलत वितरणमुखी नितीका कारण राज्य गम्भिर बन्न नसक्दा आर्थिक रुपमा देश धरासायी बन्दै गइरहेको उद्योग वाणिज्य महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बताउनु भएको छ । देशको आर्थिक अवस्था गम्भिर मोडमा पुगेका कारण उद्योग ब्यापार धरासायी बन्दै गएको अवस्थामा पनि राज्य गम्भिर हुन नसक्नुले आम नागरिकमा निरासा उत्पन्न भएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सातौं साधारण सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चिन्ता ब्यक्त गर्नु भएको हो ।
ब्यापारिहरुको समस्या समाधानका लागि कुनै पनि दलको बादबाट मुक्त हुन सकेमा मात्र सम्भव हुने तर्क उहाँले गर्नु भएको छ । सरकार आर्थिक रुपमा दरिलो हुन नसक्दा आफ्नो खर्च धान्न नसकेर ऋण माथि ऋण थेपरीरहेका कारण यसको प्रत्यक्ष मार ब्यापारी ब्यवसायीहरुले भोग्न परिरहेको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनु भएको छ । उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णीकारले संस्थालाई निजि स्वार्थमा प्रयोग गर्ने क्रम बढिरहेका कारण संस्था कमजोर हुदै जाने र ब्यक्ति मजबुत हुदै गएका कारण उद्योगी ब्यवसायीहरुले आजको अवस्था भोग्नु परेको तर्क दिनुभयो । आजको यस कठिन परिस्थितीलाई सामना गरी पार लगाउने जिम्मेवारी भावि अध्यक्ष अन्जन श्रेष्ठको काधमा आएकाले ऐतिहासिक अध्यक्ष बन्न राजकर्णिकारले सुझाव दिनु भएको छ ।
उद्योग वाणिज्य महासंघ राज्यको आर्थिक सल्लाहकारको साथै सरकारको प्रतिपक्ष भएकाले दरो रुपमा अबका दिनमा नागरिकका पक्षमा वकालत गर्नु पर्ने तर्क गर्नु भएको छ । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले देशको अर्थ ब्यवस्था ३० जना विचौलियाको वरिपरि रहँदा देशले फड्को मार्न नसकेको र आजको यो आर्थिक दुराअवस्था आएको उहाँको भनाई छ । एकै ब्यक्ति उद्योगपति, बंैंक संचालक, आयोजनाहरुको लगानीकर्ता बन्दा देश संङ्कटको अवस्थामा पुगेको कुरामा राज्य कहिले गम्भिर बन्ने भनि प्रश्न गर्नु भयो । पसलका सटरहरु बन्द भइरहेको अवस्थामा ब्याजदर घट्दा पनि व्यवसायी सुरक्षित हुने वातावरण नबनेका कारण ऋण लिएर कारोबार गर्ने अवस्था नआएको बताउनु भयो ।
सबै क्षेत्रमा राजनिती हावी हुँदा आजको दुराअवस्था पोग्नु परेको प्रधानको बुझाई छ । लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासँघका अध्यक्ष कृष्ण प्रसाद शर्माले कृषि र पर्यटन उद्योगबाट मात्र आर्थिक अवस्था सुध्रने भएकाले पर्यटन प्रबद्र्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनु भएको छ । हाम्रो पर्यटन विकासको मुख्य आधार नै भारतीय नागरिक भएकाले नेपालमा घुम्न आउँदा उनीहरुलाई सहज रुपमा आवत जावतको ब्यवस्था राज्यले गर्नुपर्ने अध्यक्ष शर्माले बताउनु भएको छ । नेपाल घुम्न आउने पर्यटकलाई प्रवेश द्वारमा नै असजिलो पन देखाँउदा पर्यटन उद्योग फस्टाउन नसकेको तर्क उहाँको छ ।
लुम्बिी प्रदेश उद्योग वाणिज्य महासंघको सातौं साधारण सभामा पर्यटनको सम्भावनालाई कसरी जोड्ने, पर्यटन स्थल प्रबद्र्धन विकास कसरी गर्ने, निजि क्षेत्रको अर्थतन्त्रलाई कसरी चलाएमान गराउने विषयमा छलफल भएको छ । लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको सातौ साधारण सभा बर्दिया जिल्लाको पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्वद्र्धनका लागि प्रचार प्रसार गर्नका लागि गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेले सहकार्य गर्नु भएको कार्यक्रम मधुवन नगरपालिकाको पत्थरबोझिमा गरिएको थियो ।
Facebook Comments