किशोरी महिलालाई गुडियासँगै कुसन बनाउने तालिम
मुरली गोडिया, २८ माघ, बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ६ का किशोरी महिलाहरुले सिपमुलक तालिम पाएका छन् । वडा नं ६ को आर्थिक सहयोगमा डल, गुडिया तथा कुसन तयार गर्नका लागी अग्रिमा हस्तकला ट्रेनिङ सेन्टर गुलरियाले तालिम दिएको हो ।
१० दिन सम्म सिपको बिकास तथा आर्थिक उपार्जनमा संलग्न गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमका लागी वडाले कार्यक्रम सहयोग गरेको वडा नं. ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले जानकारी दिनु भयो । अध्यक्ष शर्माले तालिमबाट घर परिवार देखि समाज परिवर्तन गर्न टेवा पुग्ने बताउँदै तालिममा सिकेका कुराहरूलाई व्यबहारमा ल्याउन सहभागिहरूलाई आग्रह समेत गर्नु भएको छ । आगामी दिनमा पनि वडाले सकेको सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।
अग्रिम हस्तकला ट्रेनिङ सेन्टरकी प्रमुख तथा तालिमकी प्रशिक्षक निर्मला धमलाले कुनै पनि सिप खेर नजाने उल्लेख गर्दै महिलाहरुले आफु कमजोर छु भन्ने मानसिकता हटाइ जुनसुकै काममा पनि प्रतिस्पर्धा गर्न सक्नु पर्ने बताउनु भयो । दश दिने तालीममा वडाका २४ जना किशोरी महिलाहरुले सहभागीता जनाएको अग्रिम हस्तकला ट्रेनिङ सेन्टरका व्यवस्थापक सागर चापागाईले जानकारी दिनु भयो । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्यहरु शोभा भण्डारी र शान्ता परियार, वडा सचिव केशवराज खनाल सहभागी हुनुहुन्थ्यो ।
Facebook Comments