• ११ वैशाख २०८२, बिहिवार
  • १९ °C काठमाडौं
बढैयातालमा सहकारीका उद्यमी किसानलाई बित्तिय साक्षरता 

दलबहादुर सुनार, ९ फागुन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा उद्यमी किसानलाई बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण गरिएको छ । मुक्तिनाथ विकास बैक लिमिटेड शाखा कार्यालय गुलरिया बर्दियाको आयोजना तथा ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा उद्यमी किसानलाई बृृहत वित्तिय साक्षरता गरिएको हो । 

बढैयाताल गाउँपालिका ८ सितलाबजार स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका उद्यमि किसान लाई लक्षित गरि वित्तिय सम्बन्धी साक्षरता गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमा मुक्तिनाथ बैंक नेपालगंजका शाखा प्रमुख कमल देवकोटा र क्षेत्रिय कार्यालयका ओमकार जोशीले सहजिकरण गर्नु भएको थियो । “साक्षर बनौ सक्षम बनौं”  भन्ने मुल सन्देशका साथ आयोजना गरिएको वित्तिय साक्षरतामा बजार ब्यबस्थापनका रणनितिहरु‚ ब्यबसायिक नगद प्रवाह‚ योजना‚ ब्यक्तिगत वित्त ब्यबस्थापनका नियमहरु‚ वजेट निर्माण तथा सो सम्बन्धि छलफल गरिएको थियो । 

त्यस्तै कर्जा लगानी र सो क्षेत्रको छनोट‚ उपयोगिता‚ कर्जा दुरुपयोग हुदा हुने वेफाइदा‚ कर्जाको  भाका नाघेमा हुने असर र वेफाइदा‚ असल ऋणिका गुणहरु‚ रेमिट्यान्स‚ डिजिटल बैकिंङका फाइदा लगाएत जोखिमका बारेमा छलफल गरिएको थियो । उद्यमी कृषी महिला तथा यूवा लक्षित बृहत  विक्तिय साक्षरता कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष उद्धब न्यौपने‚ उपाध्यक्ष तारा अधिकारी‚ सचिब सुशिल बस्याल सहित संचालक समितिका सदस्य‚ लेखा समिति‚ ऋण‚ शिक्षा उपसमिति र सल्लाहकार समितिका संयोजक लगाएतको सहभागीता थियो ।  

साक्षरता कार्यक्रममा कृषि कम्पनी नेपालगंजका रबिन चन्दले आफ्नो धारणा राख्दै  प्रबिधि मैत्रि कृषि प्रणालीको बिकास गर्दै आम्दानीका श्रोत बढाउन सकिने बताउनु भयो । गाउँको उत्पादन शहरमा र शहरको पुंजि गाउँमा भन्ने नारालाई उद्यमी किसानले  आफ्नो ब्यबहारमा लागु गर्नु पर्नेमा चन्दले जोड दिनुभयो । नेपाल रेडक्रस सोसाईटी सितलाबजारको हलमा शुक्रवार भएको  कार्यक्रमको सञ्चालन मुक्तिनाथ बैंक गुलरियाका प्रदिप डाँगीले गर्नु भएको थियो । कार्यक्रममा ५३ जनाको सक्रिय सहभागिता रहेको सहकारीका ब्यबस्थापक रामकुमार थारुले जानकारी दिनुभयो ।  

सम्बन्धित समाचार

Facebook Comments