युनिक नेपालद्वारा ६ लाख २० हजार रुपैया छात्रबृत्ति बितरण
केशव कोइराला, १८ फागुन (राजापुर) बर्दिया । सामाजिक क्षेत्रमा कामगर्दै आईरहेको युनिक नेपाल बर्दियाले जिल्लाका २ वटा पालिकाका ७७ जना बिध्यार्थीहरुलाई ६ लाख २० हजार रुपैयाको छात्रबृत्ती बितरण गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १३ सामुदायिक विद्यालयमा अध्ययनरत गरिव बिपन्न टुहुरा एवं मुक्त कमैया परिवारका बिद्यार्थीहरुलाई लामो अवधिको ५ बर्षे २७ जना छात्र छात्रालाई जनहि १० हजार रुपैया र छोटो अवधिको बार्षिक ७ हजारका दरले ५० जनालाई जनहि ७ हजार रुपैयाँका दरले छात्रबृत्ती हस्तान्तरण गरेको हो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई छात्रवृत्ति रकम बापतको चेक प्रदानगर्दै प्रमुख अतिथि एवं युनिक नेपालका संरक्षक तथा पूर्व भूमिसुधार मन्त्री डा. गोपाल दहितले यस क्षेत्रका नागरिकहरु विपन्न अवस्थामा रहेकाले वालवालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन समेत नसक्ने अवस्था देखिएकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरणगर्दै आएको बताउँदै यसलाई निरन्तरता दिइरहेको प्रष्ट्याउनु भयो । शिक्षा क्षेत्रलाई अगाडि बढाउन आफु निरन्तर प्रयासरत रहेको उहाँको भनाई छ ।
कक्षा ८ देखी लामो अवधिको छात्रबृती र कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई छोटो अवधिको छात्रबृत्ती रकम दिदै आएको युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुले वताउनुभयो । शुभकामना मन्तव्य दिने बक्ताहरुले युनिकले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोभन्दै छात्रबृत्ती रकमले बिद्यार्थीहरुको मनोवल उच्च राख्न र पठन कार्यलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनु भएको छ । राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाका वडाअध्यक्षहरु, शिक्षक, बिद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु युनिक नेपालका पदाधिकारीहरु, विद्यार्थीहरु सहभागी कार्यक्रमको सहजिकरण युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनरौराले गर्नुभयो ।
Facebook Comments