• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
नेपाली भाषामा प्रकाशित पहिलो ‘गणेश चालिसा’ को पूर्णपाठ

चुरेकुञ्ज, १९ फागुन, बर्दिया । भक्तियोग फाउण्डेशन नेपालद्वारा नेपाली भाषामा पहिलो गणेश चालिसा प्रकाशित भएको छ । आचार्य नारायण शरण सञ्जेलद्वारा रचित वैदिक साहित्यिक कृति गणेश चालिसा चौपाई शैलीमा प्रकाशित छ । 

‘गणेश चालिसा’ को पूर्णपाठ :


प्रकाशक : भक्ति योग फाउण्डेशन नेपाल
रचना : आचार्य नारायण शरण सञ्जेलजी महाराज

।। श्री गणेशाय नमः ।।

“श्री गणेश चालिसा”

गजाननम्भूत गणादि सेवितं, कपित्थजम्बोफलचारुभक्षणम् ।
उमासुतं शोकविनाशकारकं, नमामि विघ्नेश्वर पादपंकजम् ।।

प्रणतपाल हे गिरिजानन्दन, आदि देव गणनाथ ।
श्रीगुरुवर विकसित वदन, कविवर हे जगन्नाथ ।।

जय जय गणपति मंगलदाता, करुणा सागर भाग्यविधाता ।
संकट नाशक विघ्न विनायक, जय जय जय हे, सब जग नायक ।।
आदि अनादि गणेश्वर स्वामी, मुनि मन रञ्जन अन्तरयामी ।
भाद्र शुक्ल मंगल अति पावन, चौथी तिथि मुनि जन मन भावन ।।

जन्म ले प्रभुको हर्ष भए सब, देव सिद्ध जन सर्व समर्पण ।
रक्त वर्ण अति मुदित मनोहर, परम रम्य वपु पावन सुन्दर ।।
आमा तिम्री गौरी भवानी, जग कल्याणी शिव की रानी ।
बाबा प्रभुका पशुपति भोला, भन्छन् सब ले हर हर भोला ।

शिरमा सुन्दर मुकुट विराजित, कान सुपा सरी सब जग आश्रित ।
मस्तक सिन्दुर परम सुशोभित, त्रिनयन प्रभुका जग जन मोहित ।।
लामो सूढ छ दैत्य विनाशक, एकदन्त हे सिद्धि विनायक ।
चारै हातमा दिव्य मनोहर, मोदक पुष्प कुठार भयंकर ।।

अभय दानले आशीष पाउँ, दिव्य स्वरुपको ध्यान लगाउँ ।
दिव्य गलामा रत्न अलंकृत, जगमग जगमग सब तिर फंकृत ।।
जनै छ सुन्दर परम सुपावन, रातो दोशल्ला जग मन भावन ।।
उदर विशाल अति हित कारक, ज्ञान समूह सहित जग पालक ।।

कटितट दिव्य पीताम्बर शोभा, कैले चरण को दर्शन होला ।
अन्तर मनले प्रभुलाई घ्याउँ, सदा हजुरको महिमा गाउँ ।।
सिद्धि बुद्धि का स्वामी तिमी हौ, शुभ अनि लाभका तात प्रभु हौ ।
मोदक प्रिय अति मंगलदायक, विद्या बुद्धि ज्ञान विदायक ।।

पान सुपारी नरिवल मेवा, दूबो अति प्रिय गर्छौ सेवा ।
प्रथम पूज्य जग वन्दन स्वामी, पितृ भक्त प्रिय अन्तरयामी ।।
दानव मर्दन अरिदल नाशक, सर्व सहाय देवजन शासक ।
जब सुर मुनिहरुहरु परे दुःखमा, तब वर्षिनु भो सदा दुष्टमा ।।

ब्रह्मा विष्णु सहायक स्वामी, महादेव प्रिय प्रभु अनुगामी ।
अग्रज प्रभुका कार्तिक स्वामी, वाहन मूसो अति द्रूत गामी।।
जब जब कष्टमा देव परेथे, अष्ट प्रभुले रूप धरेथे ।
पुत्र सहित मत्सासुर मारी, वक्रतुण्ड प्रथम असुरारी ।।

एकदन्त मदासुर मारी, महोदर मोहासुर तारी ।
गजानन लोभासुर तारक, लम्बोदर क्रोधासुर मारक ।।
विकटानन अतिकाय भयंकर, कामासुर मर्दन प्रलयंकर ।
विघ्नराज ममासुर मार्यौ, सबै लोकको काज सपार्यौ ।

आठौ धूम्र वर्ण अवतार्यौ, अहं दैत्य सूर्यज संहार्यौ ।
देव ऋषिका सहायक स्वामी, सिद्ध गुरु हे कविवर नामी ।।
सिद्धेश्वर नव निधि का दाता, सामग त्रय संगीत विधाता ।

कविका स्वामी, कलाका स्वामी, सुरका स्वामी अन्तरयामी ।।
ऋषिका स्वामी, मुनिका स्वामी, सबका स्वामी प्रभु अनुगामी ।
अन्तर मनका प्रभु पथगामी, घट घट बासी त्रैलोक्य सुनामी ।
अष्टदरिद्र विनाशक स्वामी, शरणागत छौं प्रभुका हामी ।
चरण प्रभुको नित्य म पाउँ, नारायण हर्दम गुण गाउँ ।।

सिद्धि बुद्धिका दाता निर्मल, संकट विघ्न विनाशक ।
भक्तहरुका सदा सहायक, गुणनिधि विपुल सुशासक ।।

।। अस्तु ।।
।। श्री गणेशाय नमः ।।

साभार : श्रीगणेश चालिसाबाट ।

सम्बन्धित समाचार

Facebook Comments