बाल विवाह अन्त्यगर्न लुम्विनी प्रदेश सरकारले हातेमालो गर्छ : मन्त्री तिमिल्सिना
मुरली गोडिया, २५ फागुन, बर्दिया । लुम्विनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्विनी प्रदेश सरकार बाल विवाह अन्त्यका लागि हातेमालो गर्न तयार रहेको बताउनु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर ४ लाई पालिकाकै पहिलो वालविवाह मुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री तिमिल्सिनाले त्यस्तो बताउनु भएको हो ।
बाल विवाह समुदायको सामाजिक समस्याको रुपमा रहेकाले सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिन सके बाल विवाह अन्त्य गर्न सहज हुने उहाँको विस्वास छ । प्लान इन्टरनेशन नेपाल र भेरी वातावरणिय बिशिष्टता समुह (बि ग्रुप) बाँकेले मधुवन नगरपालीकामा बालविवाह न्युनिकरण परियोजना मार्फत समन्वय सहकार्य र बिभिन्न सामाजिक अगुवाहरुको पहलमा सचेतना मुलक मुलक कार्यक्रमगर्दै घरघरबाट लिईएको प्राप्त तथ्यको आधारमा घोषणा सभा भएको हो ।
कार्यक्रममा मधुवन नगरपालिका वडा नम्बर ४ का वडा बलिराम चौधरीले मधुवन नगरपालिकाले बनाएको बालविवाह सम्बन्धि निर्देशिका अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गरिएको बताउनु भयो । सन् २०३० सम्म नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार मधुवन नगर पालिकालाई वि.स. ०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर ४ लाई बाल विवाह मुक्त घोषणा गरिएको बि ग्रुपका कार्यक्रम प्रबन्धक भानु लिम्बुले जनाउनु भयो ।
मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरी अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाँकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो । कार्यक्रममा सहयोगी संस्था प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप), बाँकेलाई सम्मान गरिएको छ । अभियानलाइ सफल बनाउन मधुवन नगरपालीका संगको समन्वयमा समुदाय स्तरमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
Facebook Comments