• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
राजापुरका मत्स्य पालक किसानले मनग्ये लाभ लिनसक्ने

पुरुषोत्तम खनाल, २७ फागुन, बर्दिया । बर्दियाको राजापुरमा माछा पालन व्यवसायबाट किसानले मनग्य लाभ लिन सक्ने मत्स्य विकास केन्द्र समशेरगञ्ज बाँकेका प्रमुख रिम बहादुर थापाले वताउनु भएको छ । राजापुर नगरपालिका वडा नं. ९ को इश्वरीगञ्जमा आयोजित व्यवसायिक मत्स्य पालन विषयक एक दिने घुम्ती तालिममा प्रमुख थापाले यस्तो वताउनु भएको हो । 

निर्वाहमुखी खेती भन्दा धेरै फाइदा लिन सक्ने माछा पालन व्यवसायमा किसानको जिज्ञासा र समस्या समाधान व्यवसाय क्षेत्रमै समाधान गर्ने, साना र मध्यम स्तरका किसान लक्षित, जिल्ला र प्राविधिक सेवासम्म पहुँच नपुगेका किसानका लागि, माछा पालनमा इच्छुक र जानकारी नभएकालाई प्रत्यक्ष जानकारी दिने घुम्ती तालिम प्राथमिक शिक्षा भएको विकास केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत थापाले वताउनु भयो । 

माछा पालनमा आउने समस्या, दाना र पानीको व्यवस्थापनका वारेमा सहभागीहरुलाई मत्स्य अधिकृत सालिकराम चौधरीले जानकारी दिनु भएको थियो । तालिममा सहभागीहरुले पूर्ण जानकारी नभएकाले व्यवसायिक रुपमा समर्पित हुन डराउने गरेको भन्दै आआफ्नो पोखरीमा देखिएका समस्याहरु राख्नु भएको थियो । सहभागीहरुलाई सकेसम्म मत्स्य विकास केन्द्रमा उत्पादन गरिएका स्वस्थ माछाका भुरा लिन, सन्तुलित दानामा विशेष ध्यान दिन सके लागत घट्ने धारणा मत्स्य विकास केन्द्रका लेखा शाखाका चन्द्रमणि पौडेलले वताउनु भयो । 

जसका कारण उत्पादन बढ्न सक्ने विस्वास उहाँले ब्यक्त गर्नुभयो । तालिममा प्राविधिक लोकेन्द्र बहादुर चन्दले किसानले माछा पालन बाट राम्रो आम्दानी लिन सक्ने भन्दै अनुभव लिन पुराना र अगुवा माछापालक किसानहरुसँग छलफल गर्नु पर्ने बताउनु भयो । तालिममा वडा नं. ९ का किसानहरुको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशभर सञ्चालन गरिने तालिमको आयोजना मत्स्य विकास केन्द्र समशेरगञ्ज बाँकेले गरेको थियो । सोही अवसरमा अमर शहिद विद्यालयको माछा पालन पोखरीको अवलोकन समेत गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments