• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
बर्दिया मधुवनको गुराँस बहुमुखी क्याम्पस स्ववियू निर्वाचनमा दुई प्यानलबिच रस्साकस्सी 

हरि गुरुङ, १ चैत्र, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ८ मा अवस्थित गुराँस बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकोे निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानल र अखिल क्रान्तिकारी विच कडा प्रतिस्पर्धा हुने भएको छ । संयुक्त लोकतान्त्रिक प्रगतिशीलबाट सभापतिमा कृष्णप्रसाद अधिकारी र अखिल (क्रान्तिकारी) बाट सभापतिमा तिलक शर्माको प्यानल बिच तिब्र प्रतिस्पर्धा हुने भएको छ । 

लोकतान्त्रिक प्यानलबाट सचिवमा अनु पौडेल, कोषाध्यक्षमा रिता कुमारी चालिसे तथा सदस्यहरुमा क्रमशः समीर थारु, करिना थारु र टीका बस्नेत रहेका छन । त्यस्तै अखिल क्रान्तिकारी प्यानलबाट सचिवमा सन्तोष थारु कोषाध्यक्षमा शान्ती कुमारी मिजार सदस्यहरुमा क्रमशः निरा थारु, अञ्जली थारु र सुदिप उपाध्याय रहेका छन । 

स्ववियु निर्वाचनका लागि दुवै प्यानलका उम्मेदवारहरुले प्रचार प्रसार अभियान तीब्र बनाएका छन । क्याम्पसका विद्यार्थी विच प्यानल छनोटको चर्चा चुलिएको छ । चैत्र ५ चैत हुने निर्वाचन विहान ८ः०० बजेदेखी दिउँसो २ः०० बजेसम्म हुने निर्वाचन अधिकृत दिल्ली लामिछानेले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments