• ११ वैशाख २०८२, बिहिवार
  • १८ °C काठमाडौं
राजापुरको अमर शहिद बहुमुखी क्याम्पसमा चुनावी सरगर्मी बढ्यो

केशव कोईराला, ३ चैत्र, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा अवस्थित अमर शहिद बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकोे निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानल, अखिल क्रान्तिकारी र नागरिक प्यानल विच कडा प्रतिस्पर्धा हुने भएको छ । संयुक्त लोकतान्त्रिक प्रगतिशीलबाट सभापतिमा अमृत थारु र अखिल क्रान्तिकारीबाट सभापतिमा इशा चौधरीको प्यानल बिच तिब्र प्रतिस्पर्धा हुने भएको छ । 

लोकतान्त्रिक प्यानलबाट सचिवमा सदाकर टेर्रा थारु, कोषाध्यक्षमा संगिता थारु तथा सदस्यहरुमा समिक्षा जैशी, सुशान्त दहित, अनुप थारु, पारश अधिकारी, प्रितम कुश्मी थारु, सुमन कुमार थारु, समानुपातिक तर्फ शुसान्त मान प्रधान, खुशी आर्य बानिया, मोहन बुढा, कोमल थारु, नेहा पोख्रेल, रेनुका थारु, जानकि चौधरी, अमिसा बिक रहेका छन । अखिल क्रान्तिकारी प्यानलबाट सचिवमा संगम थारु, कोषाध्यक्षमा सरिता बिक सदस्यहरुमा जनम चौधरी, धनलक्ष्मी चौलागाँई अरुण थारु, बसन्ती दहित, अक्कल महतरा, बिमल दहित थारु रहेका छन । 

त्यस्तै समानुपातिक तर्फ अस्मिता थारु, समिर चौधरी, शैजला थारु, रमा चौलागाँई, संजिता कुमारी चौधरी, निशा परियार रहेका छन् । स्ववियु निर्वाचनका लागि तिनै प्यानलका उम्मेदवारहरुले प्रचार प्रसार अभियान तीब्र बनाएका छन । दुवै प्यानलले होम सेन्टरलाई ग्यारेन्टीसँगै निःशुल्क छात्रबृत्ति दिने मुद्धा अघि सारेका छन् । क्याम्पसका विद्यार्थी बिच प्यानल छनोटको चर्चा चुलिएको छ । चैत्र ५ गते हुने निर्वाचन विहान ८ बजेदेखी दिउँसो ४ बजेसम्म हुने निर्वाचन अधिकृत राज कुमार ज्ञवालीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments