अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) को अध्यक्षमा बनिया निर्विरोध
मुरली गोडिया, ४ चैत्र, बर्दिया । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) को अध्यक्षमा पारस बनिया निर्विरोध चयन हुनु भएको छन । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बबई बहुमुखी क्याम्पस इकाईको प्रथम इकाई सम्मेलन मार्फत चयन अध्यक्ष पदमा बनियासहित २३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन ।
समितीको उपाध्यक्षमा मनिषा चौधरी, सचिव सीता थारु, सहसचिव अनिसा कुमारी थारु, कोषाध्यक्ष अनिल कुमार निषाद सहित २३ जनाको इकाई कमिटी निमार्ण गरिएको छ । इकाइ कमिटीलाई स्वागत गर्दै अध्यक्ष बनियाले सबै जना मिली क्याम्पसमा समग्र पक्षको हक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अखिल (समाजवादी) को टिमले केही समय अगाडी क्याम्पसमा सरसफाई, वृक्षरोपण तथा विद्यार्थीहरूको समस्या पहिचान गरी त्यसलाई सम्बोधन गर्न गराउनको लागि क्याम्पस प्रशासनलाई मागपत्र समेत बुझाएको थियो ।
सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हिमशिखर सिको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनमा अखिल (समाजवादी) का केन्द्रीय सदस्य एवं बाँके बर्दिया इन्चार्ज हरि सि अखिल (समाजवादी) बर्दिया अध्यक्ष कोपिला सि लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको बताईएको छ ।
Facebook Comments