शनिवार राजापुर र गेरुवा क्षेत्रमा विद्युत अवरुद्ध हुने
केशव कोईराला, ८ चैत्र, राजापुर (बर्दिया) । नेपाल विद्युत प्राधिकरण, राजापुर वितरण केन्द्र बर्दियाले शनिवार राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ । केन्द्रले एक सूचना जारीगर्दै चैत्र ९ गते बिहान ११ बजेदेखि २ बजेसम्म टेलीकमको फाइवर मर्मत र सुधार कार्यका लागि उक्त क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध रहने जानकारी दिएको छ ।
यस दौरान, विद्युत सेवा प्रभावित हुने सम्भावित उपभोक्ताहरूलाई सचेत पार्नको लागि प्राधिकरणले पूर्वसूचना दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रभावित क्षेत्रका उपभोक्ताहरूलाई असुविधाको लागि माफी माग्दै, निर्धारित समयमा सुधार कार्य सम्पन्न गरिने र विद्युत सेवा पुनः सामान्य हुने जानकारी दिएको छ । राजापुर र गेरुवा गाउँपालिकाका उपभोक्ताहरूलाई विद्युत सेवा पुनः प्राप्तिका लागि तोकिएको समयलाई ध्यानमा राखेर आवश्यक तयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
२७ °C काठमाडौं
Facebook Comments