बाँसगढी ब्यापार मेला तथा माघ महोत्सवको तयारी तिब्र
विन्दु चौधरी, बाँसगढी (बर्दिया) । “कृषि पर्यटन उद्योग ब्यवापार तथा सँस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान“ भन्ने मुल नाराका साथ यहि पुष २९ गते देखि माघ ९ गते सम्म छैठौं बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा माघ महोत्सव २०८० को तयारी तिव्रगतिमा शुरु गरेको छ ।
बाँसगढी उद्योग बाणिज्य संघको आयोजनामा हुन लागिएको माघ महोत्सवले स्थानिय स्तरमा उत्पादीत बस्तुको बजारिकरण तथा स्थानीयस्तरमा मनोरञ्जन दिने स्थानीय कला, संस्कृतिको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । मेला–महोत्सवले स्थानीयस्तरमा मनोरञ्जनका साथै त्यसभन्दा बढी स्थानीय क्षेत्रमा उत्पादित कृषि तथा लघु घरेलु उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्ने बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रि बरालले बताउनुभयो ।
स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री–वितरण गरिने भएकाले सवैलाई सहभागिताको लागि अनुरोध गर्नुभएको छ । अध्यक्ष बरालले महोत्सवलाई भव्य र सब्य रुपमा सम्पन्न गर्न सवैलाइै आ आफ्नो स्थानबाट लाग्न आह्वान समेत गर्नुभएको छ । संघले यो भन्दापहिले पुष २६ देखि माघ ८ गतेसम्म हुने भएपनि जिल्ला प्रसासन कार्यलय बर्दियाले पुष २९ गते देखि माघ ९ गतेसम्म अनुमति दिएको छ ।
२७ °C काठमाडौं
Facebook Comments