• १३ असार २०८३, शनिवार
  • २७ °C काठमाडौं
राजापुरमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

बर्दिया । राजापुर नगरपालिकामा पुर्वाधार एवम बिकास निर्माणका लागि गठन गरिने उपभोक्ता समितिलाई अभिमुखीकरण गरेको छ । मंगलबार राजापुर नगरपालिका वडा नम्बर ६ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरु लाई अभिमुखीकरण गरिएको हो । 


समितिहरुलाई काममा सहजता होस् भन्ने हेतुले अभिमुखीकरण गरिएको राजापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष असराज न्यौपानेले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी, वडा नं ६ का वडा अध्यक्ष, सचिव अनिता चौधरी र योजना प्रशासन शाखा प्रमुख आनन्द जोशी लगायत स्थानीयको सहभागीता थियो ।

नेपालको संविधान र स्थानीय सरकार सन्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको बिकास निर्माण सम्बन्धि कार्य सन्चालनका लागि पालिकाले उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन गर्न ऐन बनाइ स्थानीय तहलाइ अधिकार दिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments