• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
ईंटा ब्यवसायी संघ बर्दियाको अध्यक्षमा देवेन्द्र पाण्डे 

चुरेकुञ्ज, २६ चैत्र, बर्दिया । ईंटा ब्यवसायी संघ बर्दियाको अध्यक्ष पदमा देवेन्द्र पाण्डे सर्बसम्मत चयन हुनुभएको छ । अध्यक्षसहित ९ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा खडानन्द कडेंल, सचिव कृष्ण यादव, कोषाध्यक्ष धनविर चौधरी, सहसचिव जावेद गद्दी र सह कोषाध्यक्षमा विवेक पोरवाल चयन हुनु भएको संघका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा शोम पाण्डे, मैनुद्दीन खाँ र मेराज खाँ चयन हुनु भएको छ । 

नव कार्यसमितिले आजै बैठक बसी संघको खाता संचालन गर्ने र एक हप्ता भित्र प्रत्येक ईंटा उद्योगहरुले २५ हजार रुपैया संघमा सहयोग प्रदान गरी कार्य संचालन गर्नमा सहजता पुर्याउने निर्णय भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments