• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
भन्सार चुहावट रोक्न सचेतनात्मक अन्तरक्रिया

केशव कोईराला, २६ चैत्र, राजापुर (बर्दिया) । राजापुर भन्सार कार्यालयको आयोजनामा भन्सार सुधार, सचेतना तथा राजस्व चुहावट नियन्त्रणका विविध विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।  भन्सार कार्यालय राजापुरका प्रमुख धन बहादुर शाहीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । 

अन्तरक्रियामा स्थानीय व्यापारी, उद्योगी, सुरक्षा निकायका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मीहरू लगायतको सहभागिता थियो । प्रमुख शाहले कार्यक्रममा बोल्दै भन्सार प्रणालीमा पारदर्शिता, द्रुत सेवा प्रवाह र प्रविधिको प्रयोगबाट हुने सुधारका प्रयासबारे जानकारी दिनु भयो । अवैध रूपमा वस्तु ओसारपसारबाट हुन सक्ने राजस्व चुहावटको जोखिमलाई कम गर्न सबै सरोकारवालाबीच समन्वय र सचेतना आवश्यक रहेको प्रष्ट्याउनु भयो । 

“भन्सारमा हुने सुधारले न केवल राजस्व बढाउँछ, यो देशको आर्थिक सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउँछ,” उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले वस्तु परीक्षण, कागजी प्रक्रिया सरलिकरण, सीमामा हुने असहजताका विषयमा सुझाव दिएका थिए । साथै, जनचेतनामूलक कार्यक्रमहरू थप प्रभावकारी बनाउने मागसमेत राखिएको थियो । कार्यक्रमले समन्वयात्मक प्रयासमार्फत भन्सार सुधार र राजस्व चुहावट नियन्त्रणमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments