• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
बढैयातालमा आयोजित बर्दिया अध्यक्ष कप फूटवलमा ठाकुरबाबाको जित 

दलबहादुर सुनार, १० बैशाक, बढैयाताल (बर्दिया) बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा आयोजित छैठौँ जिल्ला स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा ठाकुरबाबा नगरपालिकाले ऐतिहासिक जित हासिल गरेको छ ।   मंगलबार सम्पन्न फाइनल खेलमा ठाकुरबाबाले बाँसगढी नगरपालिकालाई ट्राइब्रेकरमार्फत ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
ट्राइब्रेकरमा ठाकुरबाबाका सबै पाँच पेनाल्टी सफल भए भने बाँसगढीका अन्तिम खेलाडीको प्रहार बारमाथि पुगेपछि ठाकुरबाबा उपाधि जित्न सफल भएको हो । बैशाख २ गतेदेखि सुरु भएको प्रतियोगिता मयुर युवा क्लब, बढैयाताल–८ स्याउलीबजारको आयोजनामा क्लबकै खेलमैदान, नयाँबस्तीमा सम्पन्न भएको हो । प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष ईश्वरबहादुर रानामगरको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य जाबेदा खातुनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

खातुनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र वितरणगर्दै युवाहरूको खेलप्रतिको लगाव र क्षमतालाई प्रशंसा गर्नुभयो । उहाँले खेलाडीहरू स्थानीय तह, जिल्ला हुँदै राष्ट्र चिनाउने माध्यम भएको बताउँदै मयुर युवा क्लबको खेलमैदान स्तरोन्नतिका लागि संसदीय विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । मयुर युवा क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लका अनुसार प्रतियोगितामा बर्दिया जिल्लाका आठै स्थानीय तहबाट टिमहरूको सहभागिता रहेको थियो । 

प्रतियोगितामा विजेता बनेको ठाकुरबाबा नगरपालिकाले ट्रफीसँगै नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बाँसगढी नगरपालिकाले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, प्रमाणपत्रसहित जनही एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । ठाकुरबाबाका बालकिशुन थारू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रमाणपत्र, मेडल र नगद १५०० रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

प्रतियोगिताको प्रमुख प्रायोजकको रूपमा विदेशमा रहेका वडा नं ३ का प्रकाश कोइराला तथा सह–प्रायोजकका रूपमा मयुर युवा क्लबका पूर्व खेलाडीहरू रहेको क्लबले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटनदेखि समापनसम्म सञ्चालन गर्ने जिम्मेवारी क्लबका सदस्य हिकमत सुनारले सम्हाल्नु भएको थियो ।बढैयातालमा आयोजित बर्दिया अध्यक्ष कप फूटवलमा ठाकुरबाबाको जित 
दलबहादुर सुनार, १० बैशाक, बढैयाताल (बर्दिया) बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा आयोजित छैठौँ जिल्ला स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा ठाकुरबाबा नगरपालिकाले ऐतिहासिक जित हासिल गरेको छ ।   मंगलबार सम्पन्न फाइनल खेलमा ठाकुरबाबाले बाँसगढी नगरपालिकालाई ट्राइब्रेकरमार्फत ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

ट्राइब्रेकरमा ठाकुरबाबाका सबै पाँच पेनाल्टी सफल भए भने बाँसगढीका अन्तिम खेलाडीको प्रहार बारमाथि पुगेपछि ठाकुरबाबा उपाधि जित्न सफल भएको हो । बैशाख २ गतेदेखि सुरु भएको प्रतियोगिता मयुर युवा क्लब, बढैयाताल–८ स्याउलीबजारको आयोजनामा क्लबकै खेलमैदान, नयाँबस्तीमा सम्पन्न भएको हो । प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष ईश्वरबहादुर रानामगरको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य जाबेदा खातुनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

खातुनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र वितरणगर्दै युवाहरूको खेलप्रतिको लगाव र क्षमतालाई प्रशंसा गर्नुभयो । उहाँले खेलाडीहरू स्थानीय तह, जिल्ला हुँदै राष्ट्र चिनाउने माध्यम भएको बताउँदै मयुर युवा क्लबको खेलमैदान स्तरोन्नतिका लागि संसदीय विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । मयुर युवा क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लका अनुसार प्रतियोगितामा बर्दिया जिल्लाका आठै स्थानीय तहबाट टिमहरूको सहभागिता रहेको थियो । 

प्रतियोगितामा विजेता बनेको ठाकुरबाबा नगरपालिकाले ट्रफीसँगै नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बाँसगढी नगरपालिकाले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, प्रमाणपत्रसहित जनही एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । ठाकुरबाबाका बालकिशुन थारू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रमाणपत्र, मेडल र नगद १५०० रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

प्रतियोगिताको प्रमुख प्रायोजकको रूपमा विदेशमा रहेका वडा नं ३ का प्रकाश कोइराला तथा सह–प्रायोजकका रूपमा मयुर युवा क्लबका पूर्व खेलाडीहरू रहेको क्लबले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटनदेखि समापनसम्म सञ्चालन गर्ने जिम्मेवारी क्लबका सदस्य हिकमत सुनारले सम्हाल्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments