खाता समन्वय समितिद्वारा वन्यजन्तु पीडितलाई माछाको भुरा
हरि गुरुङ, १० वैशाख, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ भग्रैयाका वन्यजन्तु पीडितहरुलाई खाता समन्वय समिति मधुवनको समन्वय र मधुवन नगरपालिकाको सहकार्यमा माछाको भुरा सहयोग गरेको छ ।
भग्रैया गाउँका स्थानीयहरु वर्षौंदेखि आफुले लगाएका अन्नबाली भित्र्याउन पाएका थिएनन् । सबै अन्नबाली वन्यजन्तुले खाई नोक्सान गरिदिन्थ्यो । बाँझो खेत भएपछि स्थानीयहरुसङ्ग छलफल गरि उत्पादन पनि नहुने उत्पादन भएको खण्डमा वन्यजन्तुले खाई नोक्सान गरिदिने ब्यापक छलफल गरिएको थियो । आय–आर्जनका लागी माछा पोखरी निर्माण गर्न तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेले आर्थिक सहयोग गरेको थियो ।
खाता समन्वय समितिको समन्वयमा आय–आर्जनका लागि श्रृजनसिल सामुदायिक वन लगायत ६ जना गरि ७ वटा माछा पोखरी बनाईएको हो । आय–आर्जन गरि आइरहेको अवस्थामा खाता समन्वय समितिले २१ हजार ७ सय भुरा माछा सहयोग गरेको छ । माछा पोखरीले जैविक बाँधको समेत काम गरेको छ ।
पोखरी निर्माण भएपछि केही मात्रामा जंगली हात्ती रोकेको स्थानीय बताउछन । माछा पोखरी नबनाउदा सम्म खेतीबाट कुनै उब्जनी नभएको वन्यजन्तु पीडित स्थानीय सुरेश योगीले चुरेकुञ्जलाई बताउनु भयो । पोखरी निर्माण पछि आफुलाई खान पनि भएको छ, अलि अलि बिक्री गरि मालपोत तिर्न पुगेको छ । तराई भु–परिधी कार्यक्रम (ताल) र खाता समन्वय समिति लाई उहाँले धन्यवाद दिनु भएको छ । मधुवन नगरपालिकाले वडा नं– ३ बालकुमारीलाई माछा पकेट क्षेत्र समेत घोषण गरेको छ ।
Facebook Comments