• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
निःशुल्क मोतिबिन्दु अप्रेशनको लागि छनौट शिविर सम्पन्न 

चुरेकुञ्ज, १० बैशाख, बर्दिया । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाको संयोजन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा रुईत फाउन्डेसन र क्योर ब्लाईन्डनेस प्रोजेक्टको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी शिबगंगा आँखा उपचार केन्द्र बर्दियाको आयोजना एबम् प्राविधिक सहयोगमा निःशुल्क मोतिबिन्दु छनौट आँखा शिविर श्री शिवसुन्दर माध्यमिक विद्यालय सुन्दरपुरमा वुधवार सम्पन्न भएको छ । शिविरमा ६७ जना पुरुष र ७७ जना महिला गरी १४४ जनाको आँखा जाँच गरिएको छ ।

जसमध्ये १७ पुरुष र २० महिला गरी ३७ जनाको निः शुल्क मोतिविन्दु शल्यक्रियाका लागि शिवगंगा आँखा उपचार केन्द्र गुलरियामा सिफारिश गरिएको र उनीहरुको बैशाख ११ गते विहिवार शल्यक्रिया गरिने शिवगंगा आँखा उपचार केन्द्रका नेत्र सहायक किस्लयकुमार मिश्रले जानकारी गराउनु भएको छ ।  शिविरमा आएका विरामीहरुको निःशुल्क आँखा जाँच गरिनुका साथै निःशुल्क औषधी समेत उपलब्ध गराईएको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखा सभापति यज्ञ नेपालले जानकारी दिनुभयो ।  

शिविरमा ठाकुरबाबा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष कलम बहादुर विष्ट, नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उपशाखाका सल्लाहकार काँशीराम पोख्रेल, श्री शिवसुन्दर मा.वि. सुन्दरपुरका प्रधानाध्यापक सुरेन्द्र कुमार चौधरी, शिक्षक नायक सुन्दरकुमार खनाल लगायतको सहभागिता रहेको थियो  । आर्थिक अभावका कारण उपचारबाट वञ्चित मानिसहरुलाई निःशुल्क उपचारको व्यवस्थाबाट उनीहरुलाई ठूलो सहयोग पुग्ने वडाध्यक्ष कलमबहादुर विष्टले वताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाका विभिन्न वडा र टोलका जनतालाई आँखा जाँचको अवसर प्रदान गर्न आँखा शिविर  आयोजना गरिएको छ । श्री किसान मा.वि. ठाकुरबाबा ५ बनकट्टिमा बैशाख ११ गते विहिवार र श्री ने रा मा वि ठाकुरबाबा ९, ठाकुरद्वारामा बैशाख १२ गते शुक्रवार संचालन गरिने भएकाले आफुलाई पायक पर्ने स्थानमा विहान १० बजेदेखि दिउसो २ बजेसम्म उपस्थित भई आँखा जाँच गराई निःशुल्क मोतिविन्दुको अप्रेशन गर्ने अवसर प्राप्त गर्नका लागी रेडक्रस ठाकुरबाबा उपशाखा सभापति यज्ञ नेपालले अनुरोध गर्नु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments