• ८ असार २०८२, आइतवार
  • २१ °C काठमाडौं
किसानले उत्पादन गरेका खसीबोका सहकारी मार्फत बजारमा 

विन्दु चौधरी, ४ जेठ, बाँसगढी (बर्दिया) । किसानले उत्पादन गरेका खसी–बोका अब सहकारी मार्फत सोझै बजारमा पुग्न थालेका छन् । बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेको लक्ष्यदीप सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आईतबार एकदिनमै ७० वटा खसी–बोका किसानसँग खरिद गरी व्यापारीलाई विक्री गर्न सफल भएको छ । 

७० वटाको २ हजार ४ सय ३ केजी तौल भएका खसी–बोका किसानसँग १२ लाख ५७ हजार ९ सय ७० रुपैयाँमा खरिद गरी १२ लाख ८२ हजार रुपैयाँमा विक्री गरिएको सहकारीकी प्रमुख प्रवन्धक शान्ता सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “व्यापारीबाट ३५ वटा खसी–बोकाको मात्रै माग भए पनि हामीले ७० वटा खरिद गरेर विक्री ग¥यौं । मागभन्दा बढी १५ वटा खसी–बोका फिर्ता पठाउनु परेको उहाँको भनाई छ ।  

सहकारीले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब ५ सय ५० वटा खसी–बोका किसानसँग खरिद गरी झण्डै १ करोड ५० लाख रुपैयाँ बराबरको कारोवार गरिसकेको छ । सहकारीकी अध्यक्ष सरला शर्माले किसानको उत्पादन विचौलियाको हातमा नपरोस् भन्ने उद्देश्यले प्रतिकिलो तौलका आधारमा खरिद तथा विक्री गर्दै आएको चुरेकुञ्जलाई जानकारी दिनुभयो । 

उहाँले यस्तो प्रयासले किसानलाई प्रत्यक्ष बजारसँग पहुँच दिलाउनुका साथै उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता मिलेको बताउनुभयो । स्थानीय स्तरमा कृषिमुखी व्यवसाय प्रवद्र्धन गर्दै आएको लक्ष्यदिप सहकारीको खसीबोका विक्री वितरणको पहलकदमीले पशुपालन व्यवसायप्रति किसानमा थप उत्साह जागेको अध्यक्ष शर्माको भनाई रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments