कृषि क्षेत्रको विकास र लगानी प्रर्बद्धनमा प्रदेश सरकारको चाँसो
मुरली गोडिया, ६ जेठ, बर्दिया । कृषि क्षेत्रको विकास र लगानी प्रर्बद्धनमा लुम्बिनी प्रदेश सरकारले चाँसो देखाएको छ । उत्पादन क्षेत्रको हिसाबले बर्दिया जिल्लालाई निकै महत्वका साथ हेरिएको बताईएको छ ।
सोही कारण जिल्लामा प्रदेश सरकारले कृषि क्षेत्रको विकास र लगानी प्रर्बद्धनका लागि विभिन्न किसानमैत्री कार्यक्रम सञ्चालनगर्दै आएको छ । जिल्लाको कुल २ लाख २ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ७५ हजार हेक्टर जमिन खेती योग्य रहेको छ । जस मध्ये ६ हजार १ सय हेक्टरमा विभिन्न खेती गरिदै आएको छ । भने ४२ हजार ५ सय हेक्टर जमिन सिँचित क्षेत्रफल रहेको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार लुम्बिनी प्रदेश सरकारले किसान मैत्री कार्यक्रमहरु मार्फत कृषकहरुलाई सहयोग, अनुदान तथा तालिमहरु प्रदानगर्दै आएको बताउनु भयो ।
कृषि तथा पशुपंक्षी क्षेत्रतर्फ बर्दियाली किसानले कृषी उपज तथा पशुपंक्षि पालनका क्षेत्रमा क्रमश फड्को मार्दै गएको उहाँको दावी छ । ग्रामिण भेगका कृषकहरु प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रमबाट खुशि देखिएका छन । लगानी गर्न नसक्ने किसानका लागी सरकारले विभिन्न कृषी यन्त्र तथा तालिम प्रदान गरेसंगै उनिहरु थप कृषी कर्ममा भरपर्दै हौसिएका छन । किसानका लागि आधुनिक प्रविधि र व्यावसायिक खेतीका लागि एकीकृत पशुपंक्षी विकास कार्यालय बर्दियाले कृषकहरुलाई बजेट र कार्यक्रम अनुसार समय समयमा विविध सहयोग गर्दै आएको छ ।
एकल कृषक मात्रै होइन विभिन्न संस्थानहरु संचालन गरेका कृषकले समेत प्रदेश सरकारको सहयोगले संस्थालाई स्थापित गर्न सकेका छन । सरकार तर्फ बाट पाएको अनुदान आफुले संचालन गर्दे आएको दुग्ध उत्पादक संस्थाहरु प्रगतीको बाटोमा रहेको संचालक हरि सुवेदीको अनुभव छ । अनुदानबाट पाएको नगर रु १५ लाख र संस्थाको तर्फ बाट लगानी गरिएको ९ लाख गरी २४ लाख बाट १२ जना स्थानियले प्रत्यक्ष रुपमा रोजगारी पाउनुको साथै १२ सय भन्दा बढी स्थानिय कृषक लाभान्वित भएको सुवेदीले चुरेकुञ्ज मार्फत जानकारी दिनुभयो ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले ठूला तथा साना सबै किसानहरूलाई समेटेर आफ्नो कार्ययोजना अघि बढाएको जनाएको छ । प्रदेश सरकारको लगानी तथा कार्यालयको सेवा प्रवाह प्रणालीले बर्दियाका किसानहरुले प्रत्यक्ष लाभ पाइरहेका छन् । धेरै वर्ष देखी गहुँ धान खेतीमै सिमित रहेका कृषक पछिल्लो समय तरकारी खेती तथा अन्य नगदे वाली गर्न थालेका छन । गुलरिया नगरपालिका वडा नं ८ का कृषक जङ्गबहादुर थारुले लुम्बिनी प्रदेश सरकारकै सहयोगमा सिचाईका लागी बोरिङ पाएर निकै खुसी भएको बताउनु भयो ।
कृषी पेशालाई नै प्रमुख पेशा बनाएका थारुले कृषी उपज लगाएपनि सिंचाईको उचित प्रबन्ध नुहँदा दोब्बर खर्चमा सिचाई गरेको स्मरण समेत गर्नु भयो । सरकारले उहाँलाई अनुदानमै बोरीङ्गको व्यवस्था गरेपछि उत्पादन दोब्बर हुन थालेको उहाँको भनाई छ । कृषि क्षेत्रलाई प्रतिस्पर्धी व्यवसायिक र सम्मानजनक पेशाका रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य अनुरुप सरकारले विभिन्न उद्देश्यका साथ विभिन्न रणनीतिहरूको प्रयोग गरी कृषि विकास शाखा, पशुपंक्षी विकास शाखा र प्रशासन शाखा मार्फत सेवा दिँदै आइरहेको छ ।
यति मात्र नभई कृषी पेशामा विभिन्न किसीमका चुनौतीहरु अझैपनि कायम रहेका छन । उत्पादनको बृद्धि, कृषी उपजको बजारीकरण, जलवायु परिवर्तन लगायतका समास्याहरु अझैपनि किसानहरुले सामना गरी रहेको बागवानीका वरिष्ठ अधिकृत राम प्रकाश यादवको भनाइ छ । कृषकलाई हाल सम्म आइपरेका समस्यालाई विशेषज्ञ मार्फत समाधान गर्ने प्रयास गर्ने गरेको बताउँदै फिल्डमै गई प्रत्यक्ष रुपमा कृषकलाई भेटी सल्लाह सुझाव र सहयोग गर्दै आएको उहाँले सुनाउनुभयो । लुम्बिनी प्रदेश सरकारले कृषकको प्रगतिका लागी विभिन्न निति तथा कार्यक्रमगर्दै आएको भएपनि कृषकलाई अनिवार्य र सहज रुपमा कृषी मल, सिंचाइको पहुँच तथा कृषी उपजको बजारीकरणका क्षेत्रमा विशेष योजना बनाउन कृषकहरुले अनुरोध गरेका छन ।
११ °C काठमाडौं
Facebook Comments