• ७ वैशाख २०८३, सोमवार
  • १९ °C काठमाडौं
बढैयातालको संस्थागत विद्यालयमा निःशुल्क आँखा शिविर 

दलबहादुर सुनार, १७ जेठ, बढैयाताल (बर्दिया) । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित कण्ठपुरमा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरबाट ३ सय ५० भन्दा बढी विद्यार्र्थी, अभिभावक र स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् । शुभकामना एकेडेमी परिसरमा शुक्रबार सम्पन्न उक्त शिविरमा एकता आँखा क्लिनिक खजुरा र शुभकामना एकेडेमीको सहकार्य थियो । 

शिविरमा विद्यार्र्थीदेखि स्थानिय समुदायका विभिन्न उमेर समूहका नागरिकहरूको आँखा परीक्षण गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जका आँखा विभाग प्रमुख डाक्टर यादव पौडेलका अनुसार परीक्षणमा एलर्र्जीका ४९, मोतिबिन्दुका ३६, अल्छी आँखाका ३, आँखामा मासु पलाएको २२, पोल्ने समस्या ४, आँसु नली बन्द भएका, चस्मा आवश्यक पर्ने ६४ र सामान्य आँखासम्बन्धी समस्या भएका गरी १ सय ६१ जनाको रोग पहिचान गरिएको छ । 

शुभकामना एकेडेमीका प्रिन्सिपल सञ्जय श्रेष्ठका अनुसार विद्यालयका विद्यार्र्थीहरूमा टाउको दुख्ने, आँखा पोल्ने, चिलाउने तथा बोर्डमा लेखिएको अक्षर स्पष्ट नदेख्ने समस्या देखिन थालेपछि आँखा क्लिनिकसँगको सहकार्यमा शिविरको आयोजना गरिएको हो । शिविरमा निःशुल्क आँखा परीक्षणसहित आवश्यक औषधि वितरणका साथै चस्मा आवश्यक पर्ने व्यक्तिहरूका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments