• ३ माघ २०८२, शुक्रवार
  • ७ °C काठमाडौं
युनिक नेपालको स्थापना दिवस मनाईयो

केशव कोईराला, १९ जेठ, (राजापुर), बर्दिया । सामाजिक रूपान्तरणका लागि सक्रिय संस्था युनिक नेपाल बर्दियाले आफ्नो स्थापना दिवस एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु प्रमुख अतिथि रहनुभएको थियो । 

विक्रम सम्बत २०५२ सालमा स्थापना भएको युनिक नेपाल बर्दियाले विगत तीन दशकभन्दा लामो समयदेखि स्थानीय समुदायमा जनचेतना अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामाजिक समावेशीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ । संस्थाले हालसम्म गरेका महत्वपूर्ण गतिविधिहरूको समीक्षा गर्दै सामाजिक रूपान्तरणमा संस्थाको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो । राजापुर नगरपालिका वडा नं २ का सदस्य राम प्रसाद थारू, बालाबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरी, युनिक स्पोर्ट क्लवका अध्यक्ष राम स्वरुप चौधरी, ससत्र प्रहरी प्रमुख डिएसपी राजेन्द्र बोहोरा लगायतका वक्ताहरुले युनिक नेपालले गरेको कामको प्रसंसागर्दै शुभकामना दिएका थिए । 

युनिक नेपालले पछिल्लो समय लैंगिक रुपान्तरण, वित्तीय साक्षरता अभिवृद्धि, न्यून आय भएका व्यक्तिहरूको आयआर्जनको क्षमता विकास, स्कुले बिद्यार्र्थीहरुलाई छात्रबृत्ती योजना, साथै बरघर, गुरुवा, बैदवा जस्ता पारम्परिक तथा सामाजिक मुद्दाहरूमा समेत सक्रिय रूपमा कार्यगर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ ।  कार्यक्रममा संस्थाका पदाधिकारी, इलाका प्रहरी कार्यलयका प्रमुख, प्रस्तावित ससत्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख, स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments