• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
पसल बन्दगर्दै आन्दोलनमा सुनचाँदी व्यवसायीहरु

विष्णु अधिकारी, २९ जेठ, बर्दिया । नेपाल सरकारले बजेट भाषण मार्फत सम्पूर्ण गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थरमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर घोषणा गरेपछि सुनचाँदी ब्यवसायीहरु आन्दोलित छन् । ब्यवसायीले केन्द्रको विरोध कार्यक्रम अनुसार बर्दियाको सदरमुकाम गुलरियामा नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडी बिरोध प्रर्दशन गरेका छन् । 

नेपाल सुनँचादिी ब्यवसायी महासंघको देश ब्यापि विरोधको कार्यक्रम अनुसार बर्दिया जिल्ला भरिका सुनचाँदी ब्यवसायीहरुले २ दिने आफ्नो ब्यापार ब्यवसाय बन्द गरेर आन्दोलनमा होमिएको नेपाल सुनचाँदी ब्यवसायी संघ बर्दियाका अध्यक्ष विष्णु कुमार सुनारले जानकारी दिनु भएको छ ।सरकारले बजेट बक्तब्य मार्फत सुनचाँदी लगायत गरगहनामा करको दायरा बढाई आम उपभोक्तालाई मर्कामापार्दै नेपालमा सुुनचाँदी ब्यवसायीलाई ब्यवसायबाट पलायन गर्न खोजेको उहाँको आरोप छ । सरकारले बढाएको कर लागु भएमा ब्यवसायीहरु पसल बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुने भएकाले बेलैमा यस तर्फ नेपाल सरकारले सोच्नु पर्ने उहाँको सुझाव छ । 

विश्व बजारमा सुनको मूल्य बृद्धि भइ सामान्य उपभोक्ताको क्रय शक्ति घटेको अवस्थामा नेपाल सरकारले करको दायरा बढाउँदा आम उपभोक्ता मारमा परि ब्यापार ब्यवसाय बन्द हुने अवस्था सरकारले श्रृजना गरेको बर्दिया सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हर्कमान सुनारले बताउनु भएको छ । व्यवसायीहरुले करबृद्धि प्रति रोष प्रकट गरेका छन् । सबै प्रकारका गरगहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर हटाउनु पर्ने हिरा जवाहरात जडित  गहनामा लागु गरिएको मुल्य अभिबृद्धि कर खारेज गर्नु पर्ने भन्सार महसुल ६ प्रतिशत गराउनु पर्ने ब्यवसायीको माग छ । ब्यवसायीहरले सुनचाँदी कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहित गर्न ऐन नियमहरु बनाउनु पर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

 

सम्बन्धित समाचार

Facebook Comments