हरित उद्यम प्रर्बद्धनमा जोडदिँदै ताल कार्यक्रम
विन्दु चौधरी, ३० जेठ, बाँसगढी (बर्दिया) जैविक विविधताको संरक्षण तथा दिगो जीविकोपार्जनको प्रवद्र्धनका लागि तराई भू–परिधि (ताल) कार्यक्रम अन्तर्गत महिलाहरुमा आधारित हरित उद्यम तथा प्राकृतिक स्रोतमा आधारित व्यवसायलाई प्राथमिकतामा राखेर कार्यहरू अगाडि बढाइएको छ । विश्व वनयजन्तु कोष (डब्लुडब्लुएफ) अन्तर्गत सञ्चालन हुँदै आएको ताल कार्यक्रमले बाँके र बर्दियाका महिला पत्रकारलाई कार्यक्रममा गरिएको प्रमुख गतिविधि तथा उपलब्धिहरूको जानकारी गराएको छ ।
बाँकेको कोहलपुरमा भएको कार्यक्रममा ताल कार्यक्रमका संयोजक प्रतिक शाहले कार्यक्रमको प्रगति, उपलब्धि, कार्यक्षेत्र तथा रणनीतिक योजनाका विषयमा जानकारी दिनुभयो । कार्यक्रममा डब्लुडब्लुएफ अन्तर्गत तालका प्रबन्धक रामकिशोर यादव, सह–प्रबन्धक राजन रिजाल, सुपरभाइजर तिलकराम चौधरी, सञ्चारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बर्दिया अध्यक्ष मेनका चौधरी, बाँके अध्यक्ष पवित्रा परियार लगायतको सहभागीता थियो । ताल कार्यक्रमले प्राकृतिक स्रोतमा आधारित हरित उद्यमलाई प्रवद्र्धन गर्दै १३ वटा उद्यमलाई सहयोग गरेको छ ।
जसमध्ये ४ वटा दुनाटपरी बनाउने उद्यम मध्ये १ कञ्चनपुरमा र ३ बाँकेमा छन् । कञ्चनपुरमा २, बाँके र चितवनमा १÷१ गरी ४ वटा बेसार प्रशोधन गरेका छन् । १ वटा दुग्ध उद्यम र कञ्चनपुरमै अम्रिसो खेती सम्बन्धी १ उद्यम रहेका छन् । तालको सहयोगमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमनका क्रममा समुदायस्तरका महिलाहरू दुनाटपरी बनाउने, लोपोन्मुख कला संस्कृतिको संरक्षण, आर्यआजनसँग जोडिएको पञ्जेबाजा तालिम तथा आयआर्जनमूलक अन्य गतिविधिमा सक्रिय देखिएका छन्न् । कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणसँगै सांस्कृतिक जगेर्नामा समेत प्रभावकारी भूमिका खेलेको अनुगमनमा देखिएको छ ।
ताल अन्तर्गत नेपालमा हिमालदेखि तराईसम्म फैलिएको १ सय १८ प्रकारका पारिस्थितिक प्रणालीमध्ये ८० प्रकार संरक्षित क्षेत्रभित्र पर्दछन् । देशभर १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १३ वटा बफर जोन रहेका छन । यिनले नेपालको २३ दशमलव ३९ प्रतिशत भूभाग ओगटेका छन् । ताल कार्यक्रम ६ प्रदेशका १९ जिल्ला, समेटेर सन् २०१५–२०२५ रणनीति अनुसार कार्यान्वयन भइरहेको ताल कार्यक्रम संयोजक प्रतिक शाहले बताउनु भयो ।
१५ °C काठमाडौं
Facebook Comments