बाँसगढीको रेशमपुर गाउँ ‘पूर्ण स्वस्थकर व्यवहार उन्मुख’ घोषणा
विन्दु चौधरी, ३१ जेठ, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका वडा नम्बर ८ स्थित रेशमपुर गाउँलाई ‘पूर्ण स्वस्थकर व्यवहार उन्मुख’ गाउँ घोषणा गरिएको छ । शनिवार रेशमपुर गाउँ बरघर संस्था र रेशमपुर सरसफाई महिला समुहको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले गाउँलाई पूर्ण स्वस्थकर व्यवहार उन्मुख गाउँ घोषणा गर्नुभएको हो ।
रेशमपुर गाउँ बाँसगढी नगरपालिकाको ११ औँ पूर्ण स्वस्थकर व्यवहार उन्मुख गाउँ घोषणा भएको हो । यसअघि बाँसगढी नगरपालिका अन्तर्गत लक्षमणपुर, पुष्पनगर टोल, मगरपुर, चौधरीपुर, सटहरिया, हस्नापुर, लक्ष्मणा बजार, मोहनपुर, खल्ला टोल, दक्षिण टोल यसभन्दाअघि घोषणा भैसकेका छन् । समग्र १ सय ३५ घरधुरी र ७ सय ७७ जनसंख्या रहेको रेशमपुरमा सबै घरमा व्यक्तिगत र सार्वजनिक सरसफाइ सुनिश्चित गरिएको छ । निजी तथा सामुदायिक शौचालयको व्यवस्था गरिएको छ ।
घर, आगन, भान्सा सफाई, धुवाँ न्यूनिकरण, ग्यास सिलिण्डर र दाउराको प्रयोग, फोहरमैला व्यवस्थापन, सुरक्षित खानेपानी, जैविक फिल्टर जडान, पोषण, सुरक्षित मातृत्व, बालविवाह न्यूनीकरण जस्ता व्यवहार गाउँलेले अपनाएका छन् । गाउँमा नियमित सरसफाइ कार्यक्रम सञ्चालन हुने गरेको प्रतिवेदन सरसफाई समुहकी अध्यक्ष निर्मला पुन शाहीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले पूर्ण स्वस्थकर व्यवहारका ११ वटा विभिन्न सुचक पुरागर्दै रेशमपुरलाई पूर्ण स्वस्थकर व्यवहार उन्मुख गाउँ घोषणा हुनु बाँसगढी नगरपालिकाको ठूलो उपलब्धि भएको बताउनु भएको छ ।
टोलबासी, सरसफाईकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मि लगाएत सबैलाई धन्यवाद दिनुभयो । उहाँले पूर्ण स्वस्थकर व्यवहारलाई दिगो रुपमा कायम राख्न थप जनचेतना, निगरानी र युवाको सहभागिता आवश्यक रहेको औल्याउनु भयो । कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरीले रेशमपुर गाउँलाई पूर्ण स्वस्थकर व्यवहार उन्मुख’ गाउँ घोषणा हुनु खुसीको कुरा भएको जनाउनुभयो । सो क्षेत्रका स्थानीय बासिन्दाहरूले आफ्नो बस्तीलाई पूर्ण स्वस्थकर व्यवहार उन्मुख टोल घोषणा गर्न प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बाँसगढी नगरपालिका ८ का वडा अध्यक्ष तुलप्रसाद गौतम, नगर अस्पताल व्यवस्थापन समिती अध्यक्ष सुरेश रेग्मी तथा अन्य सरोकारवालाहरूले टोलको प्रत्येक घरमा शौचालय निर्माण, खानेपानीको शुद्धिकरण, वातावरणीय सरसफाइ, तथा नियमित स्वास्थ्य परीक्षण कार्यक्रमहरूमा सक्रिय सहभागिता सुनिश्चित गर्ने बताउनु भएको छ । रेशमपुरका बरघर रिसमान चौधरीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन बरघर संस्थाकी सचिव शान्ती चौधरीले संचालन गर्नुभएको थियो । स्वागत मन्तब्य कोषाध्यक्ष बसन्ती चौधरीले गर्नुभएको थियो ।
१८ °C काठमाडौं
Facebook Comments