• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
राजापुरका बंगुर पालक किसानलाई पुर्नताजगी तालिम

केशव कोईराला, ३१ जेठ, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ५ मा संचालन गरिएको बङ्गुर पालन पुनर्ताजगी तालिम समापन गरिएको छ । परम्परागत रूपमा महिलाहरूले घरघरमै गर्दै आएको बङ्गुर पालनलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यका साथ राजापुर नगरपालिकाले उक्त तालिम संचालन गरेको हो । 

तालिममा सहभागी महिलाहरूलाई व्यावसायिक बङ्गुर पालनका आधुनिक प्रविधिहरू, स्वास्थ्य व्यवस्थापन, खोर निर्माण, आहार व्यवस्थापन लगायतका महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । तालिमको अन्तिम दिन सहभागी प्रत्येकलाई आवश्यक औषधिहरू समेत वितरण गरिएको छ । समापन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष रमेश दहित, पशु सेवा शाखाका प्रतिनिधिहरू तथा स्थानीय समाजसेवीहरूको सहभागिता थियो । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष दहितले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यस्तो तालिमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । राजापुर नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत यस्ता व्यावसायिक तालिमहरू विस्तार गर्दै लैजाने योजना बनाएको जनाएको छ । 

सम्बन्धित समाचार

Facebook Comments