• ७ वैशाख २०८३, सोमवार
  • १८ °C काठमाडौं
सहकारीका मृतक सदस्यका परिवारलाई राहत वितरण

केशव कोईराला, २ असार, राजापुर (बर्दिया) । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना मृतक सदस्यका परिवारलाई राहत वितरण तथा कर्जा मिनाहा गरेको छ । सोमवार संस्थाका सुपरिवेक्षण विभाग प्रमुख प्रकाश कुमार जीसीको सभाध्यक्षता र राजापुर नगरपालिका वडा नम्बर १ की वडा सदस्य निलम विकको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलि तथा सुविधा वितरण कार्यक्रम गरिएको छ । 

संस्थाको राजापुर शाखा अन्तर्गत राजापुर वडा नं. १ दौलतपुर  ३९४२ नं. केन्द्रकी सदस्य धनियाँ थरुनीका श्रीमानको निधनपछि राहत स्वरूप ३ लाख ६० हजार २१९ रुपैया कर्जा मिनाहा गरिएको छ । त्यसै राजापुर–७ शंकरपुर निवासी सावित्रा सुनारका श्रीमानको निधन पश्चात २ लाख ८ हजार ५८९ रुपैया कर्जा मिनाहा गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रम मार्फत मृतकप्रति श्रद्धाञ्जलि ब्यक्तगर्दै मृतकका परिवारलाई राहत स्वरूप सुविधा वितरण गरिएको हो ।

र्यक्रम समापन सुपरिवेक्षण विभाग प्रमुख जीसीले गर्नुभएको थियो । सहकारी संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहगर्दै यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिदै आएको राजापुर शाखा प्रमुख राम वहादुर बिकले जानकारी दिनुभयो । सँस्थाले मृतकको सम्झनामा एक बिरुवा रोप्दै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments