पर्यटनको प्रचुर सम्भावना बोकेको अर्नहुवा ताल
मुरली गोडिया, ३ असार, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ भोगपुरमा अवस्थित पर्यटनको प्रचुर सम्भावना बोकेको प्राकृतिक अर्नहुवा ताल प्रचारप्रसारसँगै संरक्षणको पर्खाईमा छ । नगरपालिका र वडाको मातहतमा जेनतेन संरक्षण गरिएपनि राज्यको दृष्टि तालमा नपर्दा पर्यटनसँगै जैविकविविधतामा समेत संकट आउन सक्ने देखिएको छ ।
राजापुर नगरको नं. ८ भोगपुरमा ११ बिगाहा क्षेत्रफलमा फैलिएको प्राकृतिक अर्नहुवा तालको विकास एवम प्रचार प्रसारको दृष्टिले ओझेलमा परेको स्थानिय हिरालाल थारुले बताउनु भयो । कुनै समय भैसी नुहाउने स्थलको रुपमा प्रख्यात रहेको प्रचीन अर्नहुवा तालको विकास गरे जिविकोपार्जनसँगै पर्यटक भित्र्याउन सकिन्छ । उहाँले भन्नुभयो, तालको मुख्य आकर्षण भनेको घोंगी, माछा र कमलको फूूल हो । लोपोन्मुख चराको बासस्थान क्षेत्र पनि हो । ताल चरा अवलोकनका लागि पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्छ । उहाँले थप्नुभयो, तालले जिल्लासँगै पालिकालाई राष्ट्रिय स्तरमै चिनाउन मद्दत पुग्ने भएकाले यसको संरक्षण र प्रर्बद्धन गर्न सरकारले जोड दिनुपर्छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण शान्त तालमा देखिने बादलहरुको प्रतिबिम्बले जो कोहीको पनि मन लोभ्याउँछ । ताल नजिक क्षेत्रमा पिकनिक स्थल, पार्क लगायत पुर्वाधार निर्माण गर्न सके पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने अर्का स्थानिय सिरुपति थारु बताउनु हुन्छ । तालको सरसफाई तथा भौतिक संरचना निर्माण गरे आन्तरिक तथा बाह्य पर्यटक आउनेमा दुईमत छैन । उहाँले भन्नुभयो, तालको संरक्षणसँगै प्रर्बद्धन गर्न सके स्थानियको बजार व्यवसाय समेत फस्टाउने र आर्थिक कारोबारमा बृद्धि हुने देखिन्छ ।
स्थानिय सरकार आएपछि राजापुर नगरपालिकाले संरक्षणका लागि डीपीआर तयार गरी संरक्षणका कामहरु शुरुवात गरे पनि बजेट अभावले रोकिएको छ । डीपिआर कार्यान्वयन गर्न अझै ८० प्रतिशत काम गर्नुपर्ने राजापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजेश थारुले बताउनु भएको छ । पर्यटकिय गन्तब्यको सम्भावना बोकेको तालको दिगो विकासमा बजेट नहुनु मुख्य समस्या हो । उहाँले भन्नुभयो, स्थानीय सरकारको बजेटले उक्त कार्य गर्न पुग्दैन । तालको दिगो विकास एवं सरक्षणका लागि प्रदेश र संघीय सरकारले समेत बजेट लगानी गर्नुपर्छ ।
१५ °C काठमाडौं
Facebook Comments