• ३१ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
मधुवन नगरपालिकालाई पुर्णखोप सुनिश्चितता पालिका घोषणा

हरि गुरुङ, ६ असार, मधुवन (बर्दिया) ।    बर्दियाको मधुवन नगर पालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिका भित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषण हुने जिल्लाको चौथो पालिका भएको छ । पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेर औपचारिक रूपमा घोषणा गरिएको छ । पालिका पूर्णखोप सुनिश्तितता घोषण भएसँगै अब भावी दिनमा जन्मिने वच्चा कोही नछुटने वातावरण सिर्जना गर्नुपर्ने मधुवन नगरपालिका स्वास्थ शाखा प्रमुख तथा नगर खोप समितका सदस्य सचिव गिता घिमिरेले बताउनु भयो । 

स्वास्थ्यका ४ सेवाहरु उपचारात्मक, प्रतीकारात्मक, प्रर्बद्धनात्मक र प्रशामक सेवा दिने गरिन्छ । खोप सेवा प्रतिकारात्मक सेवा अन्तर्गत पर्ने उहाँको भनाई छ । पालिकालाई पुर्ण खोप घोषणा गर्न विभिन्न चरण पार गरिएको छ । मधुवन नगरपालिकामा ८ सय १६ जना बच्चाले पुर्ण खोप पाएपछि मात्र खोपको पूर्ण सुनिश्चितता गरिएको थियो । 

घरधुरी सर्भेक्षण वडाबाट प्रमाणीकरण भै नगरपालिकामा पेश गरे पश्चात  पालिकाबाट वडा भेरिफिकेसन गर्नुपर्ने हुन्छ । जिल्ला खोप समन्वय समितिलाई पत्राचार र त्यसपछि जिल्ला खोप समन्वयले अनुमती प्रदान गरेर सम्पुर्ण प्रक्रिया पुगेपछि पुर्ण खोप सुनिश्चितता घोषण हुने मधुवन नगरपालिका स्वास्थ्य शाखाका मणिराम आचार्यले चुरेकुञ्जलाई जानकारी दिनुभएको छ । 

पुर्णखोप घोषणाका लागि ० देखि १५ महिनाका सबै बच्चाले अनिवार्य रुपमा खोप पाएको हुनुपर्ने भएकाले १६ देखि ५९ महिनासम्मका सम्पुर्ण बच्चाले खोप पाएको सुनिश्चितता गरिएको छ । पूर्ण खोप सुनिश्चिताका लागि सहयोग गर्ने ९ वटै वडाका स्वास्थ्यकर्र्मी तथा स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments