• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
किसानलाई निःशुल्क ड्रायगन फ्रुटको बिरुवा बाँड्दै रास्वपाले मनायो तेस्रो स्थापना दिवस 

मुरली गोडिया, १० असार, बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टीले निःशुल्क ड्रायगन फ्रुटको बिरुवा बाँड्दै तेस्रो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रास्वपा गुलरिया नगर सभापति तथा कृषक हिम बहादुर पुनले श्रीमिलन कृषी फर्म मार्फत ड्रायगन फ्रुटका बोटहरू वितरण गर्नु भएको छ ।

राजनीति र कृषि कर्म सङ्गै गर्नुपर्ने र कृषि नै प्रमुख आधार भएको उल्लेखगर्दै करिब एक सय भन्दा बढी जना किसानलाई विरुवा उपहार स्वरूप प्रदान गरिएको पुनले बताउनु भयो । बिरुवा बितरण कार्यक्रममा पार्टीका जिल्ला सभापति विपीन पौडेल, उपसभापति शान्ता बुढाक्षेत्री, सचिव दिपक बिसी लगायत स्थानीय किसान लगायतको उपस्थिति थियो ।

जिल्ला सभापति विपीन पौडेलले देश निर्माणका लागि कृषि क्रान्तिको अवश्यकता रहेको उल्लेखगर्दै समाज रूपान्तरणका लागि कृषिलाई सम्मानित पेशाको रुपमा बोध गराउन पर्ने बताउनु भयो । पौडेलले राजनीतिमा इमान्दारिता प्रमुख हुने हुँदा राजनीति गर्ने ब्यक्ती कृषि वा ब्यापारमा समेत संलग्न भएकोले पुनले गरेको कार्यले समाजमा नयाँ चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments