राजापुरका महिलाहरुलाई पाक्षिक होमस्टे तालिम
बर्दिया । महिला उद्यमी महासंघ नेपालले बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर १ र २ का महिला हरुलाइ १५ दिने होमस्टे व्यवसाय तालिम दिएको छ । थारु तथा सोनाहा बस्तिका महिलाहरुलाइ लक्षित गरी सन्चालन गरिएको तालिममा १५ जना महिलाले बिभिन्न चरणहरूमा १५ दिनको तालिममा भाग लिएका हुन् ।
महिला उद्यमी महासंघ नेपालका कार्यकारिणी सदस्य सरस्वती शर्माको अध्यक्षतामा संचालन गरिएको कार्यक्रम राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । कार्यक्रममा वडा नं १ का अध्यक्ष बाबुराम चौधरी र वडा नं २ का अध्यक्ष राम चन्द्र चौधरी पनि सहभागी हुनुभएको थियो । कोभिड १९ पछि संचालनमा नरहेको थारु तथा सोनाहा होमस्टेलाइ पुनः सञ्चालनमा ल्याउन तालिमले उर्जा दिने राजापुर नगरपालिका वडा नं २ निवासी तालिममा सहभागी सुनिता चौधरीले बताउनुभयो ।
विपद जोखिमको समय र तत्पश्चात आफ्नो व्यवसायलाइ कसरी निरन्तरता दिने, आफ्नो व्यवसाय लाइ कसरी उचाइ मा लग्ने भन्ने ज्ञान प्राप्त भएको राजापुर नगरपालिका वडा नं १ कि पार्वती सोनाहा ले बताउनु भयो । राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले सोनाहाहरु कर्णाली नदी किनारमा बसोबासगर्दै आएको र त्यहाँ बिपदका घटना दोहोरीरहने हुनाले सो क्षेत्रमा स्थानीय हरुलाइ तालिम दिइ आयआर्जन मा सहभागी बनाइ जिविकोपार्जन गर्न सहज बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो ।
सभाध्यक्षको आसनबाट बोल्दै महिला उद्यमी महासंघकी कार्यकारिणी सदस्य सरस्वती शर्माले राजापुर दुइ तिर कर्णाली नदीले घेरेको रमणीय स्थल भएकोले यहाँ पर्यटनको सम्भावना प्रचुर रहेकोले महिला दिदी बहिनीहरुलाई होमस्टे तालिम दिएको बताउनु भयो । युएस एड तयार नेपालको आर्थिक सहयोग र महिला उद्यमी महासंघ नेपालको सहकार्य र राजापुर नगरपालिकाको समन्वयमा तालिम संचालन गरिएको हो ।
२७ °C काठमाडौं
Facebook Comments