गुलरिया नगरपालिकाको निति तथा कार्यक्रमसँगै आगामी आर्थिक बर्षको बजेट प्रस्तुत
विष्णु अधिकारी, १० असार, (गुलरिया) बर्दिया । गुलरिया नगरपालिकाले आर्थिक बर्ष ०८२/०८३ को कार्य योजनाको लागि १ अर्ब ५३ करोड ५१ लाख ४ हजार ७ सय १३ रुपैयाको अनुमानित आय व्यय प्रस्तुत गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले १४ औं नगरसभाको निति तथा कार्यक्रममा नागरिकले देख्न, छुन र अनुभव गर्न सक्ने किसिमको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
गुलरिया नगरपालिकाको दीर्घकालिन सोच “विकास, सम्बृद्धि र सरक्षणः, हाम्रो प्रतिवद्धता हाम्रो अभियान” लाई साकार तुल्याउने उद्देश्यका साथ नगरपालिका अघि बढिरहेको उहाँले बताउनु भयो । सामाजिक न्याय, समावेशीकरण, लैगिंक मुल प्रवाहिकरण, सामाजिक सशक्तिकरण सहितको समृद्धिका लागि चौतर्फि विकासमा एकिकृत भई गुलरिया नगरपालिका अगाडी बढ्नेमा जोड दिदै गाउँ र सहर बीच अन्तर सम्बन्ध निर्माण गर्न सहयोगगर्दै रोजगारी, नागरिकको आय वृद्धिलाई सघाउ पु¥याउन उत्पादनमुखी आयोजनाहरुलाई प्राथमिकतासशित गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पु¥याउने निति तथा कार्यक्रमको उद्देश्य रहेको नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको थियो ।
आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा रोजगारीका अवसरहरु गुलरियाका सबै नागरिकका घरधुरी सम्म पुग्ने गरि सेवा विस्तार गरिने गुलरिया प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख छ । निती तथा कार्यक्रममा कृषि, स्वास्थ्य, उद्यमसिलताको विकासगर्दै आगामी आर्थिक बर्षमा ५० जना नयाँ उद्यमी तयार गरिने लक्ष्य लिईएको छ । सफा, स्वच्छ, हरित अभियान तथा उज्यालो गुलरिया निर्माण गर्नु गुलरिया नगरपालिकाको उद्देश्य रहने नगरपालिकाले निति लिएको छ ।
गुलरिया नगर क्षेत्रभित्र रहेका सर्यु नदि, तुलसीपुर ताल, कृष्णसार÷भागहर ताल लगाएका क्षेत्रमा भएको अतिक्रमण हटाई आवश्यक पुर्वाधार निर्माण गरि सो क्षेत्रलाई सिमसार क्षेत्र अन्तर्गत राख्दै आयमुलक आयोजनाका रुपमा लगानी बढाइने निति लिएको प्रस्तुत निति तथा कार्यक्रमममा उल्लेख छ । गुलरिया नगरपालिका उप प्रमुख सावित्रा गौतमले आर्थिक बर्ष ०८२/०८३ को १ अरब ५३ करोड, ५ लाख १४ हजार ७ सय १३ रुपैयाको अनुमानित आय ब्यय प्रस्तुत गर्नु भएको छ ।
उप प्रमुख गौतमले स्वास्थ्यमा १ करोड ४८ लाख, शिक्षामा ३ करोड, कृषिमा ५४ लाख, पशुमा २० लाख, महिला तथा बालबालिका १८ लाख, सहकारी तर्फ ९ लाख आयुर्वेद तर्फ ४ लाख ५० हजार गरि ५ करोड ५३ लाख ५० हजार विषयगत शाखा तर्फ खर्च हुने बताउनु भयो । वडा स्तरीय योजना संचालनका लागि गुलरिया नगरपालिकामा रहेको १२ वटा वार्डहरुलाई ६० लाखका दरले ७ करोड २० लाख छुट्याईएको छ । गुलरिया नगरपालिकाले आगामी आ.ब. ०८२/०८३ का लागि राजश्व तथा कर प्रणालीको दररेटमा कुनै किसिमको हेरफेर गरेको छैन तर करको दायरमा नआएका व्यवसायहरुलाई कार्य प्रकृतीको आधारमा करको दायरमा ल्याउने निति लिएको छ ।
१५ °C काठमाडौं
Facebook Comments