बर्दिया सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा कृष्ण बहादुर सुनार
सबिना सापकोटा, असार १०, (मधुवन) बर्दिया । बर्दिया सुनचाँदी ब्यवसायी संघ मधुवनको पाँचौ अधिवेशनबाट अध्यक्ष पदमा कृष्ण बहादुर सुनार सर्बसम्मत चयन हुनु भएको छ । शनिवार सम्पन्न अधिवेशनले अध्यक्ष सुनारसहित १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्ष पदमा बारबर्दिया नगरपालिका जयनगरका कृष्ण बहादुर सुनार, महासचिव ठाकुरबाबा नगरपालिकाका छत्र बहादुर सुनार, सचिव बाँसगढीका टेकबहादुर सुनार, कोषाध्यक्ष पदमा भुरिगाउँका नशेश सुनार चयन हुनु भएको संघका कार्यालय प्रमुख हरिप्रकाश सापकोटाले जानकारी दिनुभयो ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटको प्रमुख आतिथ्यतामा भएको उद्घाटन शत्रको अध्यक्षता अध्यक्ष हर्क सुनारले गर्नुभएको थियो । संघको मधुवनमा रहेको कार्यालय भवनमै गरिएको अधिवेशनमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका द्वितिय उपाध्यक्ष बुद्धिबहादुर विक विशिष्ठ अतिथी र विशेष अतिथीमा मधुवन नगरका संस्थापक नगरप्रमुख गणेश बहादुर केसी रहनु भएको थियो ।
१५ °C काठमाडौं
Facebook Comments