बर्दियामा संचालित कृषिमा आधारित कृषि जोन तथा सुपरजोन बिच समन्वय
मुरली गोडिया, ११ असार, गुलरिया (बर्दिया) । बर्दियामा संचालनमा रहेको कृषिमा आधारित विभिन्न जोन तथा सुपरजोन समन्वय समितिको बैठक गुलारिया बसेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वन इकाइ बर्दियाको आयोजनामा नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनुगमनका लागि समन्वय बैठक बसेको हो ।
बैठकमा माछा जोन, धान जोन, केरा जोन, गाई भैंसी जोन लगयतमा आबद्ध कृषकहरुले सम्बन्धीत जोनको अवस्था, चुनौती र अगामी दिनमा परियोजनाले गर्नुपर्ने क्रियाकलाप बारे धारणा राखेका थिए । बैठकमा बोल्दै माछा जोन बढैयातालका इन्द्र प्रसाद लुइँटेलले माछामा आबद्ध कृषक सन्तुष्ट रहेको बताउदै क्षेत्र बिस्तार, अवश्यक पानीको लागि बोरिङ तथा बजारिकरणका लागि पहल गर्नु पर्ने बताउनु भयो । माछा पालनमा रोजगारीको सृजना समेत हुने र युवाहरु बिदेश नगइ स्थानीय स्तरमा पालन गरि रहेको बताउनु भयो । बैठकमा बोल्दै अर्का किसान केरा जोन गुलरियाका शम्भु प्रसाद अधिकारीले केराको राम्रो ब्यापार भैरहेको बताउनु भयो । अन्यजोन जस्तै केरा जोनका लागि बजेट बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै काशिराम पौडेलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सेवाले आफुहरु सन्तुष्टी भएको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले पछिल्लो समय जिल्लामा मकै खेतिले पनि राम्रो प्रगती गरिरहेको हुनाले मकैको लागि पनि निर्धारण वा विशेष योजना बनाउनु पर्ने बताउनु भयो । जिल्लामा अवस्था अनुसारको माटो सुहाउँदो खेती र कार्यक्रम गर्न परियोजनालाई सुझाव दिनुभयो । बैठकमा सबै जोनका बिचार सुने पछि बोल्दै परियोजना प्रमुख बिरेन्द्रराज पराजुलीले किसानको समस्या समाधानका लागी किसानको पनि जिम्मेवारी रहेको बताउनु भयो । सिंचाईको लागि पहल गर्ने उत्पादनका निम्ति थोरै मात्रै भएपनी मध्यस्तकर्ताको सहयोग चाहिने बताउनु भयो ।
किसानको माग र योजनाहरु अगामी वर्षमा समेटिने प्रमुख पराजुलीले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा परियोजनाले हाल सम्म गरेको प्रगती, बिनियोजन भएको बजेट, लभान्वित संख्या, देखिएको चुनौती समेतको प्रस्तुति परियोजना इकाइका कृषि अधिकृत युगराज बिकले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अमिता कुमारी यादव, एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यलयका प्रमुख सागर ढकाल, विभिन्न पालिकाका माछापालन, गाइभैसी पालन, केरा खेती, धानखेती गर्ने किसान र संचारकर्मिहरुको उपस्तिथि रहेको थियो ।
१५ °C काठमाडौं
Facebook Comments