• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
मधुवनमा अवस्थित बुधवारे हाटबजारमा ब्यापार मन्दी

समिक्षा अधिकारी, १४ असार, बर्दिया । बदियाको मधुवन नगरपालीका वडा नंम्बर ८ कुसुम्बा बजारमा अवस्थित विक्रम सम्बत् २०४१ सालदेखि लालिबजार नामले प्रख्यात बुधबारे हाटबजारमा ब्यापार ब्यवसायमा मन्दी आएको छ । तत्कालीन समयमा एकछत्र रुपमा ब्यवसाय मौलाएको साप्ताहिक हाटबजार हिजोआज विभिन्न ठाउँहरुमा लाग्न थालेपछि ब्यवसायमा मन्दी आएको हो ।

वर्दिया जिल्लाकै एकमात्र पूरानो र ठूलो कुसुम्बा बजारको बुधवारे हाटबजार नेपालकै दोस्रो रहेको  कुसुम्बा बजार विकास समितिका अध्यक्ष खेम प्रसाद पौडेलले बताउनु भएको छ । उहाँका अनुसार हाटबजारमा सबै पालीकाबाट मालसामान विक्रीका हिसाबले ब्यापारीहरु आउने गरेका छन् । बर्दियामा थारु जातिको वाहुल्यता रहेकोले हाटबजारमा सिद्रा माछा, सुकेको खुर्सानी र हरियो तरकारीको बढि मात्रामा कारोबार हुने गरेको उहाँको भनाई छ ।

विगत लामो समयदेखी निरन्तर रुपमा लाग्दै आएको बुधवारे हाटबजार करिब २ विगाह क्षेत्रफलमा फैलीएको छ । यो हाटबजार बर्दिया जिल्लाकै मुख्य व्यापारीक केन्द्र रहेको कुसुम्वा बजार विकास समितिका सदस्य डिल्ली राम अधिकारीले वताउनु भयो । अहिलेको समयमा बर्दियाको विभिन्न स्थानहरुमा हाटबजार लाग्दै आए पनि बुधबारे हाटबजारको महत्वमा कमि नभएको स्थानिय ब्यापारी कृष्णकुमार पाण्डेले बताउनु भयो । पछिल्लो समय विभिन्न कारणले ब्यापारमा कमि आएको उहाँको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments