बर्दिया उद्योग बाणिज्य संघ राजापुरको अध्यक्षमा रेग्मी सहितको कार्यसमिति र्निबिरोध चयन
केशव कोईराला, १६ असार, राजापुर (बर्दिया) । बर्दिया उद्योग वाणिज्य संघ राजापुरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कृष्ण कुमार रेग्मीको अध्यक्षतामा चयन कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुश्मा भण्डारी, प्रथम उपाध्यक्षमा बद्री खनाल, द्वितीय उपाध्यक्षमा राम प्रसाद श्रेष्ठ चयन हुनु भएको छ ।
महासचिवमा पुनित कुमार गुप्ता, सचिवमा हरिकृष्ण चौलागाईं र कोषाध्यक्षमा उमाकुमारी वाग्ले हुनुहुन्छ । निर्विरोध निर्वाचित सदस्यहरूमा यज्ञ बहादुर थापा, तिलक पौडेल, मोहन चौलागाईं (अर्जुन) अमर थापा, प्रभात भूप शाह, हिमाल पौडेल, आकाश सोनी, अभिषेक मित्तल, जानकी चौधरी, शक्तुराम चौधरी र कमला न्यौपाने रहनु भएको छ ।
उम्मेदवारी दिने अन्तिम दिन तोकिएको पदमा तोकिएकै उम्मेदवारी बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि कार्य समिती निर्वाचन समितिले निर्बिरोध चयन गरेको निर्वाचन अधिकृत रबिराम शर्माले जानकारी दिनुभयो । नयाँ नेतृत्वको कार्याबधी २०८५ सम्म रहने छ ।
२४ °C काठमाडौं
Facebook Comments