मधुवनका असहाय बाल बालिकाहरुलाई भेरी अस्पतालमा निःशुल्क उपचार : डाक्टर रिसाल
हरी गुरुङ, १६ असार, (मधुवन) बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित पथ्थरबोझीमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा आवासीय रहेका असहाय अभिभावक विहिन बालबालिकाहरुलाई भेरी अस्पताल नेपालगञ्जमा निःशुल्क उपचार हुने भएको छ । अस्पतालका वरिष्ठ चिकित्सक पेट तथा कलेजो विशेषज्ञ तथा मधुवन नगरपालिका बर्दियाका स्वास्थ्य सल्लाहाकार डाक्टर संकेत कुमार रिसालले विद्यालयमा भेटघाट कार्यक्रमा क्रममा उनीहरुलाई उपचार निःशुल्क गरिने बताउनुभएको हो ।
डा. रिसालले आवासीय असहाय अभिभावक विहिन बालबालिकाका स्वास्थ्य शिक्षाका बारेमा चाँसो समेत लिनु भएको छ । मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटलाई धन्यवाद दिनुहुँदै धेरै पुण्यको काम पालिकाले गरेको बताउनु भयो । यसलाई दिगो राख्न सकेसुनमा सुगन्ध हुने डा. रिसालको सुझाव छ । २०७५ साल जेठ महिनादेखि ५ जना असहाय बालबालिकाबाट शुरुआत गरेको विद्यालयमा हाल ४० जना असहाय बालबालिका रहेका छन् ।
विद्यालयमा २८ जना छात्र र १२ जना छात्रा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घन राज खत्रीले जानकारी दिनुभएको छ । आवासीय असहाय अभिभावक विहिन बालबालिकाहरुलाई खाद्यन्न, शैक्षिक सामाग्री विभिन्न संघसंस्था, व्यक्तिगत लगायत मधुवन नगरपालिकाले समेत ठूलो सहयोग गरेको उहाँको भनाई छ । भेट्घाट कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, वडा नं १ का वडाध्यक्ष मीन बहादुर थापा, प्रअ लगायत विद्यालयका शिक्षकहरूको सहभागीता थियो ।
Facebook Comments