बर्दियाको गेरुवा गाउँपालिकामा आर्थिक बर्ष ०८१/०८२ को सार्वजनिक सुनुवाई
मुरली गोडिया, १९ असार, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । सुनुवाई मार्फत पालिका भित्र भए गरेका विभिन्न क्षेत्रका कार्यहरुको प्रगति विवरण, बिषयगत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, भुमि, सहकारी, लघुउद्यम, पुर्वाधार लगायता शाखा प्रमुखहरुले आफनो आफनो शाखाको प्रगति विवरण लगायत आगामी कार्यदिशा बारे स्थानियलाई प्रष्ट पारिएको थियो ।
गेरुवा गाउँपालिकाको आयोजनामा भएको दास्रो सर्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण गेरुवा कर्णाली कम्युनिकेशन प्रालि बर्दियाले गरेको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले स्वागत मन्तब्य गर्नु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको पहिलो चरणमा गेरुवा कर्णाली कम्युनिकेशन प्रालि बर्दियाका संचालक सन्तोष पौडेलले पालिकाले गर्ने सेवा प्रवाहको विषय समेटिएको नागरिक अभिमत प्रस्तुत गर्नु भएको थियो । विभिन्न प्रश्न बनाई गाँउगाँउमा सेवाग्राही समक्ष पुगी जवाफ लिईएको थियो । पालिका भित्र सेवाग्रही संतुष्टि भए नभएको, विषयगत गुनासो, तथा सुझावको मात्रालाइ प्रतिशत बाँडफाड गरि प्रस्तुत गरिएको थियो ।
नगरिक अभिमत पश्चात विभिन्न विषयगत शाखाका प्रमुखहरुले आफनो आफनो शाखाको प्रगति विवरण र अगामी कार्यदिशा बारे स्थानियलाई प्रष्ट पारेका थिए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारिले पालिकामा भएको स्वास्थ्य सङ्ग सम्बन्धित सम्पुर्ण जानकारी तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । उहाँले ०८१÷०८२ श्रावण देखि जेष्ठ सम्म स्वास्थ्य सेवा सम्बन्धी गतिबिधी बारे बताउनु भयो । स्वास्थ्य संस्थावाट स्वास्थ्य सेवा पाएका जम्मा संख्या २० हजार ७ सय ८६, गाउँघर क्लिनिक वाट सेवा पाएका संख्या ६ हजार १४, खोप क्लिनिकबाट सेवा पाएका संख्या ३ हजार ४६, महिला स्वास्थ्य स्वयं सेविका वाट सेवा पाएका संख्या २५ हजार ६ सय ८७, पूर्ण खोप पाएका बालबालिकाको संख्या ४ सय १७, रहेको उल्लेख गर्नु भएको थियो ।
यस्तै शिक्षा शाखाको विषयमा नवराज अधिकारीले कार्यप्रगति विवरण पेश गर्नु भएको साथै अन्य विषयगत शाखाका प्रमुखहरुले समेत क्रमशः पेश गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका स्थानियले विभिन्न विषयमा सचेत गराउँदै गाँउपालिकालाई थप जिम्मेवार हुन आग्रह गरेका छन । सडक पुर्वाधार, कृषी क्षेत्रमा समान वितरण, शिक्षा क्षेत्रमा लगानीका मात्रा र प्रतिफलको अवस्था बारेमा सचेत गराएका छन । विषयगत शाखाहरुले ५ दिनको कार्यक्रम एकैदिनमा सकाउने गरेको, पालिकामा भएका सरकारी मोटरसाइकलहरु निजि प्रयोजनमा प्रयोग भइरहेको, अनावश्य इन्धनको वितरण लगायतका विषयमा गम्भिर ध्यानाकर्षण गराएका थिए ।
गाँउपालिकाका अध्यक्ष जमान सिंह केसीले स्थानियले उठाएका प्रश्नका क्रमशः दिंदै जानु भएको थियो । शाखागत कर्मचारीले गल्ति भएको भए अगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । स्थानिय सरकारले गर्ने हरेक कार्यक्रमको जानकारी राख्नु र सुधारका लागी सुझाव दिन समेत अध्यक्ष केसीले आग्रह गर्नु भयो । सर्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरु बारे विषयगत शाखाका प्रमुखहरुले समेत जवाफ दिएका थिए भने समग्र पालिकाका विषयमा आएका धारणा बारे अध्यक्ष केसीले नै प्रष्ट पार्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष लक्ष्मि चौधरी, प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्द, विषयगत शाखाका प्रमुख, कर्मचारी, स्थानिय जनप्रतिनिधी, बरघर, स्थानिय बासिन्दा, संचारकर्मीहरुको सहभागीता थियो ।
२५ °C काठमाडौं
Facebook Comments